२०८३ आश्विन १३ गते, मंगलवार १५:४५

अन्तर्राष्ट्रिय छवि शून्यमा पु¥याउनेहरूले प्रधानमन्त्रीको कुटनीतिक मर्यादामा प्रश्न उठाए : सांसद संग्रौला

काठमाडौँ –

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद टीका संग्रौलाले प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिकामा भएको कूटनीतिक स्वागतलाई लिएर विपक्षी दलका नेताहरूले गरेको टिप्पणीप्रति आपत्ति जनाएकी छन्।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद संग्रौलाले मिडियामा विपक्षी दलका नेताहरूले अमेरिकामा प्रधानमन्त्रीको कूटनीतिक स्वागत र तामझाम नभएको भन्दै खिसिट्युरी गरेको सुनिएको बताइन्।

उनले भनिन्, ‘मिडियामा सुनिन्छ, विपक्षी दलका नेताहरूले अमेरिकामा प्रधानमन्त्रीज्यूको कूटनीतिक स्वागत र तामझाम भएन भनेर खिसिट्युरी गर्दै हुनुहुन्छ । चार दशकसम्म निरन्तर सत्ता सम्हालेर देशको अन्तर्राष्ट्रिय छवि नै शून्यमा पु¥याउनेहरूले भर्खरै प्रधानमन्त्री सम्हालेको बालेन्द्र शाहको कूटनीतिक मर्यादाको चिन्ता गर्नु अचम्म छ ।’

संग्रौलाले ढिलै भए पनि देशको कूटनीतिक मर्यादा प्रधानमन्त्रीले जोगाउनुपर्ने चेतना आएको बताइन् । 

उनले भनिन्, ‘ढिलै भए पनि देशको कूटनीतिक मर्यादा देशको प्रधानमन्त्रीले जोगाउनुपर्छ, त्यसका लागि देशको हैसियत उच्च हुनुपर्छ भन्ने चेतना आएछ।’

प्रतिक्रिया

अन्तर्राष्ट्रिय छवि शून्यमा पु¥याउनेहरूले प्रधानमन्त्रीको कुटनीतिक मर्यादामा प्रश्न उठाए : सांसद संग्रौला

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद टीका संग्रौलाले प्रधानमन्त्री

अन्तर्राष्ट्रिय छवि शून्यमा पु¥याउनेहरूले प्रधानमन्त्रीको कुटनीतिक मर्यादामा प्रश्न उठाए : सांसद संग्रौला

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद टीका संग्रौलाले प्रधानमन्त्री

पोडकास्ट सुन्नुहोस