२०८३ कार्तिक १२ गते, बुधबार २०:१८

देशको रक्षाका लागि आन्दोलनको विकल्प छैन: केपी शर्मा ओली

काठमाडौँ —

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश क्रिटिकल अवस्थामा पुगेको भन्दै देशको रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्।

बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा मनोनीत केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको असहज परिस्थितिबाट मुलुकलाई पार लगाउन आन्दोलनका लागि तयार रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन्।

आन्दोलनले नै शक्ति आर्जन गर्ने र सफलता दिलाउने दाबी गर्दै ओलीले भने, “अहिलेको स्थिति अत्यन्तै असहज र अप्ठ्यारो छ। आन्दोलनबाहेक अर्को बाटोबाट अघि बढ्न खोज्यौँ वा आन्दोलन गर्ने आँट गरेनौँ भने हामी सफल हुन सक्दैनौँ। आन्दोलनले नै टिकाउने, अघि बढाउने र जिताउने हो।”

सम्बोधनका क्रममा ओलीले दक्षिणपन्थी शक्तिहरूले लोकतन्त्र र शान्तिको कुरा गरे पनि व्यवहारमा जनतालाई धोका दिइरहेको आरोप लगाए। मानिसको ज्यान जाने षड्यन्त्र गर्ने र त्यसैलाई हतियार बनाएर आगजनी, लुटपाट, तोडफोड तथा आतंक फैलाउने काम भइरहेको उनले बताए।

देशमा मानिसहरूले स्वतन्त्र रूपमा बोल्नसमेत नसक्ने गरी आतंकको वातावरण सिर्जना गरिएको भन्दै ओलीले सरकार फाँसीवादतर्फ बेलगाम अघि बढिरहेको आरोप लगाए। बोल्नेबित्तिकै पक्राउ पुर्जी जारी गर्ने र गिरफ्तार गर्ने गरिएको भन्दै उनले नेपाल प्रहरी बिनाबर्दी बलजफ्ती पक्राउ गर्न जाने गरेकोमा कडा असन्तुष्टि व्यक्त गरे।

ओलीले तिहार तथा छठपछि नै आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले पार्टीका नेता–कार्यकर्तालाई भित्रभित्रै र मानसिक रूपमा तयारी अवस्थामा रहन आग्रह गरे। साथै, आगामी निर्वाचनमा एमालेलाई पराजित गर्ने वा एमालेबिहीन देश बनाउने विरोधीहरूको प्रयासलाई ‘दिवास्वप्न’ मा परिणत गरिदिने गरी चुनावी तयारीमा जुट्न पनि उनले निर्देशन दिए।

प्रतिक्रिया

बीरगन्जमा हिरो मोटरसाइकलको ‘मेगा एक्सचेन्ज’ सञ्चालन हुँदै, १० लाख रुपैयाँ नगददेखि सुनिश्चित उपहार जित्ने मौका

बीरगन्ज- बीरगन्जमा दुईपाङ्ग्रे सवारीसाधन खरिद तथा पुराना मोटरसाइकल एक्सचेन्ज गर्न

बीरगन्जमा हिरो मोटरसाइकलको ‘मेगा एक्सचेन्ज’ सञ्चालन हुँदै, १० लाख रुपैयाँ नगददेखि सुनिश्चित उपहार जित्ने मौका

बीरगन्ज- बीरगन्जमा दुईपाङ्ग्रे सवारीसाधन खरिद तथा पुराना मोटरसाइकल एक्सचेन्ज गर्न

पोडकास्ट सुन्नुहोस