२०८३ कार्तिक १२ गते, बुधबार २०:१३

शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभाव: बिहीबारदेखि नेपालमा भारी वर्षा र हिमपातको सम्भावना

काठमाडौँ —

बङ्गालको खाडीमा बनेको अति शक्तिशाली चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेशबाट जमिनमा प्रवेश गरेसँगै नेपालको मौसममा समेत यसको प्रभाव देखिन थालेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यस प्रणालीका कारण बिहीबारदेखि देशका विभिन्न भू-भागमा भारी वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।

मौसमविद् बिनु महर्जनले चक्रवात ‘अर्नब’ आन्ध्र प्रदेश र यानमको तटीय क्षेत्रबाट जमिनतर्फ प्रवेश गरिसकेको जानकारी दिँदै यो प्रणाली क्रमशः उत्तर-पश्चिमतर्फ सर्दै कमजोर भई उत्तर प्रदेश र बिहार आसपास पुग्ने पूर्वानुमान गरिएको बताएकी छन्। हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भई लुम्बिनीका एक-दुई स्थानमा हल्का वर्षा भइसकेको छ।

मौसम विभागका अनुसार शनिबारसम्म कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्नेछ भने कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षाको सम्भावना रहेको छ।

मौसमविद् महर्जनले सम्भावित वर्षाका कारण कृषि, पर्वतारोहण, पदयात्रा तथा पर्यटन क्षेत्रमा असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेकी छन्। विशेष गरी धान बाली भित्र्याउने तयारीमा रहेका किसानलाई मौसमको पूर्वानुमान हेरेर मात्र काम गर्न र हिमाली क्षेत्रका पर्यटकलाई अनुकूल मौसम नभएसम्म सुरक्षित रहन सुझाव दिइएको छ।

वर्षाका कारण बाढी, पहिरो, सडक अवरोध तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सर्वसाधारण र सम्बन्धित निकायलाई आवश्यक पूर्वतयारी गर्न विभागले अनुरोध गरेको छ।

प्रतिक्रिया

बीरगन्जमा हिरो मोटरसाइकलको ‘मेगा एक्सचेन्ज’ सञ्चालन हुँदै, १० लाख रुपैयाँ नगददेखि सुनिश्चित उपहार जित्ने मौका

बीरगन्ज- बीरगन्जमा दुईपाङ्ग्रे सवारीसाधन खरिद तथा पुराना मोटरसाइकल एक्सचेन्ज गर्न

बीरगन्जमा हिरो मोटरसाइकलको ‘मेगा एक्सचेन्ज’ सञ्चालन हुँदै, १० लाख रुपैयाँ नगददेखि सुनिश्चित उपहार जित्ने मौका

बीरगन्ज- बीरगन्जमा दुईपाङ्ग्रे सवारीसाधन खरिद तथा पुराना मोटरसाइकल एक्सचेन्ज गर्न

पोडकास्ट सुन्नुहोस