२०८२ पुष ३ गते, बिहीबार ०४:४५

प्रदेश सांसद दीपक मनाङे कारागार चलान

काठमाडौं-

ज्यान मुद्दामा दोषी ठहर भएका गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) डिल्लीबजार कारागार चलान भएका छन् ।

मंगलवार काठमाडौंको सानोभ¥याङबाट पक्राउ परेका मनाङेलाई केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) ले फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको थियो । लगत्तै अदालतले उनलाई केन्द्रिय कारागार पठाएको हो ।

मनाङेको मुद्दामा कात्तिक २० गते सर्वोच्च अदालतले यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सदर गरेको थियो । उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो । सर्वोच्चले पनि पाँच वर्ष कैदको फैसला सदर गरेको हो ।

मनाङे यसअघि भुक्तान गरिसकेको सजाय कट्टा गरेर अब २ वर्ष ४ महिना १ दिन कारागारमा बस्नुपर्नेछ ।

त्रिशला रेस्टुरेन्टको ‘डेथ ट्र्याप’: २० वर्षीया सुनिताको रहस्यमय मृत्यु कि हत्या? सञ्चालकलाई जोगाउन खोजिएको त होइन?

वीरगन्ज- वीरगन्ज–१० स्थित पुरानो बसपार्कको पछाडि रहेको त्रिशला रेस्टुरेन्ट फेरि

त्रिशला रेस्टुरेन्टको ‘डेथ ट्र्याप’: २० वर्षीया सुनिताको रहस्यमय मृत्यु कि हत्या? सञ्चालकलाई जोगाउन खोजिएको त होइन?

वीरगन्ज- वीरगन्ज–१० स्थित पुरानो बसपार्कको पछाडि रहेको त्रिशला रेस्टुरेन्ट फेरि

पोडकास्ट सुन्नुहोस