२०८३ भाद्र २९ गते, सोमबार ०१:५१

नेपाली कांग्रेसका युवा नेता तनवीर अन्सारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश

वीरगन्ज-
वीरगन्ज महानगरपालिका वडा नं. ३ का युवा नेता, समाजसेवी तथा नेपाली कांग्रेसका पूर्व वडा सदस्य उम्मेदवार तनवीर अन्सारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

आयोजित एक कार्यक्रमका बीच राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका जिल्ला अध्यक्ष एवं क्षेत्र नम्बर १ का सांसद हरि पन्त र रास्वपाका क्षेत्र नम्बर १ का सभापति युवा नेता तेज शमशेर जबराले अन्सारीलाई खादा तथा माला लगाएर पार्टीमा औपचारिक स्वागत गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपा पर्सा जिल्ला अध्यक्ष तथा सांसद हरि पन्तले देशमा परिर्वतन र सुशासनका लागि युवा तथा समावसेवीहरूको रास्वपाप्रतिको आकर्षण बढ्दै गएको बताए। उनले भने, “पुराना दलहरूको परम्परागत शैलीबाट आजित भएका जनता र समाजका अगुवाहरू अहिले विकल्पको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीमा जोडिरहनुभएको छ। तनवीर अन्सारी जस्ता प्रभावशाली व्यक्तित्वहरूको आगमनले पर्सामा रास्वपा थप मजबुत भएको छ।”

नवप्रवेशी नेता तनवीर अन्सारीले सर्वसाधारणको सेवा र क्षेत्रको विकासका लागि आफूले रास्वपाको अभियानलाई रोजेको र आगामी दिनमा जनताको हकहितका लागि सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे।

तनवीर अन्सारी गत स्थानिय निवनर्चनमा नेपाली कांग्रेसका पूर्व वडा सदस्य उम्मेदवार थिए उनले एक हजार भन्दा बडि मत ल्याएका थिए ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस