२०८३ जेष्ठ १६ गते, शनिबार २०:१६

बारामा १ किलो ७५० ग्राम अफिम जस्तो पदार्थ बरामद, एक जना नियन्त्रणमा

वीरगन्ज —

बारा प्रहरीले अमलेखगंज क्षेत्रमा १ किलो ७५० ग्राम अफिम जस्तो पदार्थ बरामद गरी एक जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ। मंगलबार बिहान ९:३० बजे प्रहरीले गरेको अभियानमा यो पदार्थ बरामद भएको हो।

ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट प्रहरी नायब निरीक्षक टेक बहादुर कार्कीको नेतृत्वमा रहेको प्रहरी टोलीले जिल्ला बारा, जीतपुरसिमरा उप-महानगरपालिका वडा नं. २१ अमलेखगंज चोकमा हेटौडाबाट वीरगन्ज तर्फ जाँदै गरेको बा ६३ प ८२६२ नम्बरको २२० सि.सि.को पल्सर मोटरसाइकल रोकी चेक गर्दा सिटमुनि लुकाएर राखिएको अफिम जस्तो पदार्थ बरामद गरेको हो।

नियन्त्रणमा लिइएको व्यक्ति रबिन्द्र मोक्तान हुन । उनी मकवानपुर जिल्लाको कैलाश गाउँपालिका वडा नं. ६ पकनीका बासिन्दा हुन्। प्रहरीले उक्त व्यक्तिलाई नियन्त्रणमा लिई लागू औषध सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको बारा प्रहरीले जनाएको छ ।

बरामद भएको पदार्थ ३ वटा गोलामा प्याक गरिएको १ किलो ७५० ग्राम अफिम जस्तो पदार्थ हो। प्रहरीले यसलाई लागू औषध ऐन २०३३ अन्तर्गत बरामद गरेको बताएको छ।

प्रहरीले नियन्त्रणमा लिएको व्यक्ति र बरामद सामग्री बारा जिल्ला अदालत कलैयामा पेश गरी १० दिने म्याद लिएको छ। थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

यस अभियानले प्रहरीको सक्रियता र नियन्त्रण क्षमताको परिचय दिएको छ। प्रहरीले यस्ता गैरकानुनी कार्यमा संलग्न व्यक्तिहरू विरुद्ध कडा कारबाही गर्ने बताएको छ।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस