२०८२ भाद्र ६ गते, शुक्रबार १२:२४

वीरगन्ज —

बारा प्रहरीले अमलेखगंज क्षेत्रमा १ किलो ७५० ग्राम अफिम जस्तो पदार्थ बरामद गरी एक जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ। मंगलबार बिहान ९:३० बजे प्रहरीले गरेको अभियानमा यो पदार्थ बरामद भएको हो।

ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट प्रहरी नायब निरीक्षक टेक बहादुर कार्कीको नेतृत्वमा रहेको प्रहरी टोलीले जिल्ला बारा, जीतपुरसिमरा उप-महानगरपालिका वडा नं. २१ अमलेखगंज चोकमा हेटौडाबाट वीरगन्ज तर्फ जाँदै गरेको बा ६३ प ८२६२ नम्बरको २२० सि.सि.को पल्सर मोटरसाइकल रोकी चेक गर्दा सिटमुनि लुकाएर राखिएको अफिम जस्तो पदार्थ बरामद गरेको हो।

नियन्त्रणमा लिइएको व्यक्ति रबिन्द्र मोक्तान हुन । उनी मकवानपुर जिल्लाको कैलाश गाउँपालिका वडा नं. ६ पकनीका बासिन्दा हुन्। प्रहरीले उक्त व्यक्तिलाई नियन्त्रणमा लिई लागू औषध सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको बारा प्रहरीले जनाएको छ ।

बरामद भएको पदार्थ ३ वटा गोलामा प्याक गरिएको १ किलो ७५० ग्राम अफिम जस्तो पदार्थ हो। प्रहरीले यसलाई लागू औषध ऐन २०३३ अन्तर्गत बरामद गरेको बताएको छ।

प्रहरीले नियन्त्रणमा लिएको व्यक्ति र बरामद सामग्री बारा जिल्ला अदालत कलैयामा पेश गरी १० दिने म्याद लिएको छ। थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

यस अभियानले प्रहरीको सक्रियता र नियन्त्रण क्षमताको परिचय दिएको छ। प्रहरीले यस्ता गैरकानुनी कार्यमा संलग्न व्यक्तिहरू विरुद्ध कडा कारबाही गर्ने बताएको छ।

प्रतिक्रिया

चीन—भारत लिपुलेक सहमतिबारे बाबुरामः ‘हामी झुक्नु हुँदैन, प्रधानमन्त्रीलाई राष्ट्रिय हितमा दरोसँग उभिएर कुरा गर्न सहयोग गरौँ’

काठमाडौं– नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

चीन—भारत लिपुलेक सहमतिबारे बाबुरामः ‘हामी झुक्नु हुँदैन, प्रधानमन्त्रीलाई राष्ट्रिय हितमा दरोसँग उभिएर कुरा गर्न सहयोग गरौँ’

काठमाडौं– नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

पोडकास्ट सुन्नुहोस