२०८३ बैशाख २ गते, बुधबार ०९:३९

पोखरियामा मालपोत तथा नापी कार्यालयको उद्घाटन, मन्त्री अधिकारी प्रमुख अतिथि

पर्सा-

पोखरिया नगरपालिकामा नव-निर्मित मालपोत तथा नापी कार्यालयको उद्घाटन समारोहका प्रमुख अतिथि नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी हुने भएका छन्। पोखरिया नगरपालिकाले आफ्नो फेसबुक पेजमा निमन्त्रणा कार्ड सार्वजनिक गर्दै यो जानकारी दिएको हो।

कार्यालयको उद्घाटन बिहीबार (२०८१/११/१५) दिउँसो १ बजे सेमरवारी चोकमा विशेष समारोहका बीच हुनेछ। सुरुमा सामूहिक रूपमा उद्घाटन गर्ने योजना भए पनि आलोचना भएपछि सम्बन्धित विभागका मन्त्री अधिकारीलाई नै प्रमुख अतिथिको रूपमा उद्घाटन गराउने निर्णय भएको नगरपालिका स्रोतले जनाएको छ। अन्य मन्त्रीहरूलाई विशिष्ट अतिथिको रूपमा आमन्त्रण गरिएको छ।

यस कार्यालयको स्थापनाले स्थानीय जनतालाई जग्गा प्रशासन सम्बन्धी सेवाहरू सहज र सुलभ रूपमा प्राप्त हुने विश्वास गरिएको छ। जग्गा दर्ता, नामसारी, नक्साङ्कन लगायतका सेवाहरू यस कार्यालयबाट प्रदान गरिनेछन्। यसले गर्दा यस क्षेत्रका जनतालाई जग्गा प्रशासन सम्बन्धी कामका लागि सदरमुकाम जानुपर्ने बाध्यताको अन्त्य हुनेछ।

पोखरिया नगरपालिकाको मालपोत तथा नापी कार्यालय उद्घाटनमा चार मन्त्रीको उपस्थिति विवादमा

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस