काठमाडौ-
आज नयाँ वर्ष २०८२ सालको पहिलो दिन। देशभर हर्षोल्लासका साथ खुशी साटासाट गरेर नयाँ वर्ष मनाइँदैछ।
नयाँ वर्षको अवसरमा मानिसहरू बिहानै उठेर स्नान गरी नजिकैको मन्दिरमा गई पूजाआज गर्छन् र वर्षभर आफ्नो परिवारमा सुख, शान्ति र समृद्धि रहोस् भनी कामना गर्दछन्।

आजको दिन घरपरिवार, साथीभाइ तथा आफन्तजनहरू एक आपसमा भेटी शुभकामना आदानप्रदान गर्ने प्रचलन छ। विभिन्न सामाजिक सञ्जाल तथा सञ्चार माध्यमबाट पनि नयाँ वर्षको शुभकामना आदानप्रदान भइरहेको छ।
नयाँ वर्षले सबै नेपालीको जीवनमा सुख, शान्ति, प्रगति र समृद्धि ल्याओस् भन्ने कामना गरिएको छ। विभिन्न संघसंस्था तथा व्यक्तिहरूले नयाँ वर्षको अवसरमा शुभकामना सन्देश जारी गरेका छन्।