२०८२ असार २३ गते, सोमबार २०:२७

काठमाडौं –

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले ‘हिन्दकुश हिमालय संसदीय सम्मेलन’लाई सफल बनाउनको लागि सरकार पूर्ण रूपमा सहयोग र सहकार्य गर्न प्रतिवद्ध रहेको बताउनुभएको छ ।

शुक्रवार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै मन्त्री ठकुरीले यस्तो बताउनुभएको हो । उहाँले जलवायु परिवर्तनको असर न्युनिकरण गर्न तथा पर्यावरण संरक्षणको मुद्दामा उक्त सम्मेलनले महत्वपूर्ण भुमिका खेल्ने समेत बताउनु भयो । मन्त्री ठकुरीले हिन्दकोष हिमालय भएका देशहरुमा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ९इसिमोड०ले गरिरहेको हिमाल संरक्षणको मुद्दालाई संसदीय गतिविधिमा जोड्नको कृषि समितिले खेलेको भूमिका महत्वपूर्ण रहेको उहाँको भनाइ छ ।

बैठकमा राष्ट्रिय योजना आयोगका सचिव सुमनराज अर्यालले जलवायु परिवर्तनको असर केवल एक देशको विषय नभएको उल्लेख गर्दै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य रहेको धारणा राख्नुभयो । उहाँले जलवायु परिवर्तनले हिमालमा मात्र नभई तटीय क्षेत्रमा समेत प्रभाव पार्ने उल्लेख गर्दै प्रमाणका आधारमा वकालत गर्नुपर्ने बताउनु भयो । उहाँले सम्मेलन आयोजना गर्न संसदीय समितिद्वारा गरिएको पहल सकारात्मक रहेको र एसिमोडसँगको सहकार्यले त्यसलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।

आगामी साउन २ र ३ गते ‘हिन्दकुश हिमालय संसदीय सम्मेलन’ हुने भएको छ । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको समन्वय र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ९इसिमोड० को सहयोगमा उक्त सम्मेलन हुन लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित खबर

neelambads

पोडकास्ट सुन्नुहोस