काठमाडौँ-
राष्ट्रियसभा सदस्य जितजंग बस्नेतले कर्मचारीको तलब नबढाएसम्म देशमा भ्रष्टाचार नरोकिने बताउनुभएको छ ।
शुक्रवारको राष्ट्रिय सभा बैठकमा आर्थिक वर्ष २०८२-०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले उहाँले कर्मचारीले काम गरेनन्, भ्रष्ट भए भन्ने धेरै सुनिएको बताउँदै कर्मचारीको तलबले खान नपुग्ने स्थिति रहेको बताउनु भयो ।

बस्नेतले देशमा महँगी, कालोबजारी बढेको बताउँदै यातायात र शिक्षाको महँगी कारणले कर्मचारीहरू बाच्नै समस्या हुने जिकिर गर्नुभयो । उहाँले भ्रष्टाचार दुई किसिमको हुने बताउँदै पहिलो मानसिकताबाट र दोस्रो भोको पेटका कारण हुने बताउनु भयो । उहाँले भोको पेटले देशमा काम नहुने बताउँदै कर्मचारीको सेवा सुविधा बढाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले सरकारले ल्याएको बजेट केबल सत्तारुढ दलको दस्ताबेज मात्रै नभई साझा राष्ट्रिय आकांक्षाको प्रतीक रहेको दाबी गर्नुभयो ।