२०८२ असार २१ गते, शनिबार ००:५९
♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • झडप र घाइते: धनुषाको गोबराहीमा तस्कर समूह र सशस्त्र प्रहरीबीच झडप हुँदा ६ जना प्रहरी घाइते, तीन जनाको जनकपुर अस्पतालमा उपचार भइरहेको छ।
  • घटनाको कारण: सशस्त्र प्रहरीले अवैध सामान ल्याउँदै गरेको सूचनामा खोजतलास गर्दा मोटरसाइकल फेला पारेपछि डेढ सय तस्करले ढुङ्गामुढा र घरेलु हतियारले आक्रमण गरे।
  • प्रहरीको कारबाही: प्रहरीले नियन्त्रणका लागि १३ राउण्ड अश्रुग्यास र चार राउण्ड हवाई फायर गरेको, अनुसन्धान र सुरक्षा कारबाही अगाडि बढ्ने।

धनुषा –

धनुषाको विदेह नगरपालिका–२, गोबराही क्षेत्रमा बिहीबार राति तस्कर समूह र सशस्त्र प्रहरीबीच भएको झडपमा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन्।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण धनुषा र प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुरबाट खटिएको टोलीले मोटरसाइकलमा अवैध सामान लुकाई ल्याउँदै गरेको सूचनाको आधारमा खोजतलास गर्दा एउटा मोटरसाइकल फेला पारेको थियो। नजिकैको टहरोमा थप खानतलासी गर्ने क्रममा करिब डेढ सय जनाको तस्कर समूहले घरेलु हातहतियार, लाठी, र ढुङ्गामुढा प्रहार गरेका थिए।

सशस्त्र प्रहरीका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १३ राउण्ड अश्रुग्यास सेल र चार राउण्ड हवाई फायर गरेको थियो। घाइतेमध्ये तीन जनाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ, र सबैको अवस्था खतरामुक्त रहेको सशस्त्र प्रहरीले जनाएको छ।

यो घटनाले सीमा क्षेत्रमा तस्करीको सक्रियता र संगठित आक्रमणको जोखिमलाई उजागर गरेको छ। प्रहरीले थप अनुसन्धान र सुरक्षा कारबाही अगाडि बढाउने बताएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस