२०८२ असार २१ गते, शनिबार ००:४३
♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • यौन दुर्व्यवहारमा पक्राउ: धरान–१६ मा श्रमदानका बेला १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा ४९ वर्षीय खगेन्द्र राई पक्राउ।
  • घटनाको विवरण: धरान बहुभाषिक पाठशाला निर्माणको श्रमदानमा खाना पकाउने काममा खटिएका राईले बालिकालाई फकाएर खोल्सातिर लगी हातपात गर्न खोजे।
  • थप जाहेरी: पीडकलाई भगाउन सहयोग गरेको आरोपमा कुन्दन श्रेष्ठ र समीर तामाङविरुद्ध पनि किटानी जाहेरी, प्रहरीले अनुसन्धान शुरू।

धरान-

धरान–१६ मा मेयर हर्क साम्पाङको नेतृत्वमा सञ्चालित श्रमदान अभियानका क्रममा १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा ४९ वर्षीय खगेन्द्र राई पक्राउ परेका छन्। धरान–१७ पृथ्वीचोकका राईलाई पीडित परिवारको किटानी जाहेरीपछि इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको डीएसपी प्रकाश जवेगुले बताए।

धरान बहुभाषिक पाठशाला निर्माणका लागि चलेको श्रमदानमा खाना पकाउने काममा खटिएका राईले बालिकालाई फकाएर खोल्सातिर लगी हातपात गर्न खोजेको आरोप छ। बालिका आफ्नी आमासँग श्रमदानमा सहभागी भएकी थिइन्। घटनाबारे मेयर साम्पाङलाई जानकारी नभएको प्रहरीले जनाएको छ।

पीडित परिवारले राईसँगै अन्य दुईजना, कुन्दन श्रेष्ठ र समीर तामाङविरुद्ध पनि किटानी जाहेरी दिएको छ। प्रहरीका अनुसार श्रेष्ठले पीडकलाई भगाउन सहयोग गरेको र घटना लुकाउन ‘बालिकाको बदनाम हुने’ भन्दै दबाब दिएको पीडित परिवारको दाबी छ।

पाठशालामा खोलाले कटान गरेपछि तारजाली लगाउन मेयर साम्पाङको नेतृत्वमा श्रमदान अभियान सञ्चालित छ। प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस