२०८२ मंसिर १९ गते, शुक्रबार १६:००

मधेस प्रदेशको सभामुख र मुख्य मन्त्रीको टुङ्गो लगाउन चार दललाई जिम्मा

वीरगन्ज,१९ मंसिर –
मधेस प्रदेश सरकारको नेतृत्व कुन दलको हुँने र कुन दलको सभामुख हुँने विषयलाई टुङ्गो लगाउन चार दललाई जिम्मा दिएको छ ।

मुख्यमन्त्री तथा सभामुखको विषय सातदलिय बैठकमा टुङ्गो नलागेपछि शुक्रबार दिउसो १२ बजे सम्मा दुवै नाममा सहमति जुटाउन जनता समाजवादी पार्टी,जनमत पार्टी, नेकपा (माओवदी केन्द्र) र नेकपा (एकिकृत समावादी) पार्टीका अगुवा नेताहरुलाई जिम्मा दिइएको छ ।

वार्तामा सहभागि रहेका मधेस प्रदेश प्रतिनीधि सभाका एक जना सदस्यले गोप्यखबरसंगु कुरा गर्दै नेपाली काँग्रेसलाई मुख्य मन्त्री र जसपलाई सभामुख दिने विषयमा सहमति जुटाउन चार दलका अगुवा नेताहरुलाई जिम्मा दिइएको जानकारी दिएका छन् ।

अब बन्ने मधेस प्रदेश सरकारको नेतृत्व नेपाली काँग्रेसले नैं पार्नु पर्छ, भन्दै ने.काले पहिले देखी दावी गर्दै आएको कुरालाई दलहरु विच सहमतिको प्रयासमा चार दलका अगुवा नेताहरु लागेको उहाँले बताउनुभयो ।

सरकारको नेतृत्वका विषयमा करिव–करिक सहमति जुटेको छ भने ,सभामुख कुन दललाई दिने विषयमा सहमति जुटाउने प्रयास भइ रहेको स्रोतले जनाएको छ ।

मधेस प्रदेश सभाको अध्यक्षका लागि जसपाले दावी गर्दै आएको छ र सोही विषयमा सहमति जुटाउन दलहरुका अगुवा नेताहरु छलफलमा जुटनु भएको स्रोतले बताएको छ । नयाँ सरकार गठकालागि दावी पेशगर्न शुक्रबार अपराह्न्न ५ बजेसम्मको समय सिमा रहेको छ ।
संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा गठन भएको नेकपा एमाले संसदीय दलको नेता सरोजकुमार यादव नेतृत्वको सरकारले राजीनामा दिएपछि सर्वोच्च अदालतको आदेश अनुसार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई दाबी पेश गर्न आह्वान गरेका थिए ।

पोडकास्ट सुन्नुहोस