२०८२ मंसिर २० गते, शनिबार १५:२९

सेवा भाव नभएकाले चिकित्सकिय पेशामा आउनु हुँदैनः पूर्व राष्ट्रपति यादव

वीरगन्ज-

गणतान्त्रिक नेपालको प्रथम राष्ट्रपति डा. रामवरण यादवले सेवा भाव नभएका व्यक्तिले चिकित्सकीय पेशामा नआउनुपर्ने बताएका छन्। वीरगन्जमा शनिबार आयोजित दृष्टी आँखा अस्पतालको ११ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति यादवले चिकित्सक बन्न चाहने व्यक्तिमा उच्च स्तरको मानवीय भावना अनिवार्य रूपमा हुनुपर्ने स्पष्ट पारे।

पूर्व राष्ट्रपति यादवले भने, “पैसा कमाउने उद्देश्य भएका व्यक्तिले उद्योग, व्यापार वा अन्य व्यवसाय गर्न सक्छन्, तर चिकित्सकीय पेशामा सेवा भाव भएको व्यक्तिमात्र प्रवेश गर्नुपर्छ।” चिकित्सा क्षेत्रलाई बदनाम बनाउने केही ठग प्रवृत्तिका मानिसका कारण यो संवेदनशील पेशाको मर्यादा प्रभावित भएको उल्लेख गर्दै उनले मान्छेको जीवन जोगाउने पवित्र क्षेत्रमा केवल समर्पण र सेवाभाव भएका व्यक्तिहरूले मात्र आए उत्तम हुँने धारणा व्यक्त गरे।

पावरहाउस चोकमा निर्माण गरिएको दृष्टी आँखा अस्पतालको नयाँ भवन उद्घाटन गर्दै उनले, नेपालले पछिल्लो समय आँखा उपचार क्षेत्रमा उल्लेखनीय प्रगति गरेको बताए। “दक्षिण एसियामै नेपाल आँखा उपचारको उत्कृष्ट गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ,” पूर्व राष्ट्रपति यादवले भने।

उनका अनुसार नेपालमा धेरै क्षेत्रमा अपेक्षित विकास नदेखिए पनि आँखा उपचार सेवामा भने महत्वपूर्ण उपलब्धि हासिल भएको छ। उनले छिमेकी भारतका केही स्थानमा उत्कृष्ट आँखा उपचार केन्द्र भए पनि समग्र मुलुमा रहेका उपचार सुविधाको दृष्टिले नेपाल भारतभन्दा अगाडि रहेको दाबी गरे।

रोगीका रूपमा भारतका विभिन्न क्षेत्रबाट ठूलो संख्यामा बिरामी नेपाल भित्रिने गरेको उल्लेख गर्दै उनले नेपालमा आँखा उपचार गुणस्तरीय र किफायती भएको कारण त्यसतर्फ आकर्षण बढ्दै गएको बताए।

कार्यक्रममा दृष्टी आँखा अस्पतालका अध्यक्ष डा. विश्वराज गौतमको अध्यक्षतामा पूर्व राष्ट्रपति यादवले देश र जनताको सेवामा महत्वपूर्ण योगदान पु¥याएका वरिष्ठ नेत्रविशेषज्ञ डा. राधाकृष्ण कोइराला र डा. विरसिंह थापालाई सम्मान–पत्र प्रदान गरेका थिए।

पोडकास्ट सुन्नुहोस