२०८२ पुष ३ गते, बिहीबार २१:०९

सिमाक्षेत्रबाट पेस्तोलसहित एक जना पक्राउ

वीरगन्ज-
वीरगन्जको सिमाक्षेत्रबाट प्रहरीले बिहीबार बिहान पेस्तोलसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। नेपाल–भारत सीमामा पर्ने वीरगन्जको मितेरी पुल नजिकबाट पर्सा प्रहरीले एक थान नलकटुवा पेस्तोल र सोमा प्रयोग हुने दुई थान गोलीसहित एक जनालाई नियन्त्रणमा लिएको हो।

वीरगन्ज महानगरपालिका–१६ मा पर्ने मितेरी पुल नजिकैको फुसको घरमा हतियार रहेको पूर्वसूचनाका आधारमा गरिएको कारबाहीका क्रममा उक्त हतियार बरामद गरी एक व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साको उच्च प्रहरी स्रोतले गोप्य खबरलाई जानकारी दिएको छ।

स्रोतका अनुसार पक्राउ परेका व्यक्ति सीमाक्षेत्रमा हुने आपराधिक गतिविधिमा संलग्न रहेको वा नरहेको विषयमा अनुसन्धान जारी रहेकाले हाल उनको परिचय गोप्य राखिएको छ।

अनुसन्धान प्रक्रिया पूरा भएपछि पत्रकार सम्मेलनमार्फत पक्राउ परेका व्यक्ति तथा बरामद हतियार सार्वजनिक गरिने प्रहरी स्रोतले जनाएको छ।

पोडकास्ट सुन्नुहोस