२०८२ पुष ३ गते, बिहीबार २१:१६

जेन–जेड आन्दोलनको आडमा आगजनी गर्नेहरुलाई पर्सा प्रहरीले पक्राउ गर्नथाल्यो

वीरगन्ज-

आन्दोलनको बहानामा व्यक्तिको घर सम्पत्तिमा आगजनी गर्नेहरुलाई पर्सा प्रहरीले पक्राउ गर्न सुरु गरेको छ । भदौं २३ र २४ गते भएको युवापूस्ता( जेन–जेड)को आन्दोलनका क्रममा वीरगन्जको विभिन्न स्थानमा रहेका व्यक्तिका व्यत्तिगत सम्पतिमा आगो लगाउनुको साथै लुटपाट गरेको निदेवन जिल्ला प्रहरी कार्यालय पर्सामा दर्ता भएपछि प्रहरीले कारवाही सुरु गरेको हो ।

यसै क्रममा वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहको घरमा आगलागी गरेको अभियोगमा प्रहरीले वीरगन्ज–१० रानीघाट निवासी रञ्जन सिंह राजपुतलाई पक्राउ गरेको छ ।

नगरप्रमुख सिंहका परिवारले दिएको किटानी उजुरीका आधारमा राजपुतलाई बिहिबार (आज) विहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक(एस.पी) सुदीप पाठकले जानकारी दिनुभयो । भदौं २४ गते अपारहन्न नगरप्रमुख सिंहको वडा नं. ३ मा अवस्थित निजी निवासमा पुगी राजपुत लगायका व्यक्तिले आगजनी गरेको किटानी जाहेरीको आधारमा उनलाई आवस्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो।

राजपुतले नेतृत्व गरेको भिडले सार्वजनिक र निजी सम्पत्तिमा क्षति पु¥याउनुुको साथै आगजनी गरी जनधनको जोखिम बढाएकाले उनीमाथि अपराधिक उपद्रव मुद्दमा अनुसन्धान थालिएको एस.पी पाठकले जानकारी दिनुभयो।

भदौं २४ गते वीरगन्जको विभनि स्थानमा भएको व्यत्तिगत तथा सार्वजनिक क्षेतीको विषयमा जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरीहरु दर्ता भएको र उक्त दर्ता भएको जुरीका आधारमा प्रहरीले घटनामा संलग्न भएका केही व्यक्तिका नाममा पक्राउ पुर्जी अदालतबाट प्राप्त गरी खोजी कार्य सुरु गरेकोे उहाँले बताउनुभयो।

पोडकास्ट सुन्नुहोस