२०८२ पुष १६ गते, बुधबार १८:३६

मधेस प्रदेशमा आज मन्त्रिमण्डल विस्तार हुने प्रबल सम्भावना, पर्साबाट श्याम पटेल मन्त्री बन्दै

वीरगन्ज-

मधेस प्रदेश सरकारले बुधबार (आज) मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेको छ । सत्तारुढ दलहरूबीच मंगलबार अबेर रातिसम्म भएको छलफलपछि मन्त्रालय बाँडफाँडमा सहमति जुटेसँगै मन्त्रिमण्डल विस्तारको तयारी गरिएको हो ।

दलहरूबीच भएको सहमतिअनुसार आज ६ जनालाई मन्त्री पद तथा गोपनीयताको शपथ दिलाउने तयारी रहेको स्रोतले जनाएको छ । आज हुने मन्त्रिमण्डल विस्तारमा नेपाली कांग्रेसबाट दुई जना तथा अन्य दलबाट चार जनालाई सहभागी गराउने तयारी गरिएको जनकपुरस्थित स्रोतको दाबी छ ।

मुख्यमन्त्री कृष्णप्रसाद यादवले गर्न लाग्नुभएको मन्त्रिमण्डल विस्तारमा पर्साबाट प्रदेश सभा सदस्य श्याम पटेललाई मन्त्री बनाउने तयारी भएको स्रोतले जनाएको छ । अन्य दलबाट को–को मन्त्री बन्ने भन्ने विषयमा नाम टुंगो लागिसके पनि केही कारणले ती नामहरू हाल गोप्य राखिएको स्रोतले बताएको छ ।

पोडकास्ट सुन्नुहोस