२०८२ फाल्गुन २० गते, बुधबार ०८:५९

कांग्रेस विशेष महाधिवेशन पक्षधरको आजको सबै कार्यक्रम स्थगित

काठमाडौं-
नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आजका सबै कार्यक्रम स्थगित गरेको छ ।

कांग्रेसका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं वरिष्ठ पत्रकार होमनाथ दाहालको निधनमा शोक व्यक्त गर्दै विशेष महाधिवेशन पक्षधरले आजका सबै कार्यक्रम स्थगित गरेको हो ।

विशेष महाधिवेशन पक्षले आज पदयात्रालगायत कार्यक्रम निर्धारण गरेको थियो । तर, दाहालको निधनपछि ती सबै कार्यक्रम स्थगित गरिएको हो ।

भोलि पौष २७ गते हुने विशेष महाधिवेशनको समुद्घाटन समारोहमा श्रद्धा र सम्मानका साथ प्रारम्भ गर्ने विज्ञप्तिमा उल्लेख छ । ‘स्वर्गीय दाहालको सम्मानमा दोस्रो विशेष महाधिवेशन २०८२ का सन्दर्भमा आज पौष २६ गते आयोजित पदयात्रालगायत आजका निर्धारित सम्पूर्ण कार्यक्रमहरू स्थगित गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘भोलि पौष २७ गते हुने विशेष महाधिवेशनको समुद्घाटन समारोहमा श्रद्धा र सम्मानका साथ प्रारम्भ गर्ने छौं।’

महान्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले २७ र २८ गते विशेष महाधिवेशन बोलाएका छन् । ८४ वर्षीय हालको उपचारका लागि वीर अस्पताल लैजाँदै गर्दा शुक्रबार साँझ निधन भएको थियो । ओखलढुंगा जिल्लाबाट पूर्वसांसद तथा पूर्वमन्त्रीसमेत रहिसकेका दाहाल नेपाल पत्रकार महासंघका पूर्वसभापतिसमेत हुन् । विसं २०५६ मा ओखलढुङ्गाबाट सांसद पदमा निर्वाचित भएका उनी पछि कृषि तथा सहकारीमन्त्री भएका थिए ।

ओखलढुङ्गाको मोलुङ गाउँपालिका–२, रामपुरमा जन्मिएका दाहाल गोरखापत्र संस्थानका पूर्वअध्यक्षसमेत हुन् । उनको आजै पशुपति आर्यघाटमा दाह संस्कार गरिने छ ।

पर्सा प्रहरीको ठूलो सफलता: निर्वाचन बिथोल्ने षड्यन्त्र असफल, उम्मेदवार चौधरीको गाडीबाट विस्फोटक पदार्थ बरामद

निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै बढाइएको प्रहरी सक्रियताले पर्सामा एक

पर्सा प्रहरीको ठूलो सफलता: निर्वाचन बिथोल्ने षड्यन्त्र असफल, उम्मेदवार चौधरीको गाडीबाट विस्फोटक पदार्थ बरामद

निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै बढाइएको प्रहरी सक्रियताले पर्सामा एक

पोडकास्ट सुन्नुहोस