२०८२ पुष २७ गते, आईतवार १२:३४

धनुषाको सतलोक आश्रममा विवाद, दर्जनौं घाइते

जनकपुर –

धनुषाको नक्टाझिजस्थित सुग्जोरमा रहेको सतलोक आश्रममा विवाद भएको छ ।

आश्रमका अनुयायी र स्थानीयहरुबीच भएको झडपमा दुबैतर्फका दर्जनौं व्यक्ति घाइते भएका छन् ।

घाइतेहरुलाई प्रहरीले जानकी मेडिकल र प्रादेशिक अस्पताल जनकपुर पठाएका छन् । घाइतेहरुको यकीन संख्या र परिचय खुल्न अहिले बाँकी रहेको छ ।

सतलोक आश्रमले ऐलानी जग्गा हड्पेर आश्रम निर्माण गरेको भन्दै नापजोख गरी जग्गा खाली गराउनुपर्ने स्थानीयवासीहरुको माग राख्दै आएका छन् ।

सोही विषयलाई लिएर स्थानीयवासीहरुको एक समूह आज आश्रम पुग्दा आश्रमका अनुयायीहरुसँग झगडा हुन पुगेको थियो । सोही क्रममा दुवै पक्षका दर्जन बढी व्यक्तिहरु घाइते भएका छन् । केहीको टाउको फुटेको छ भने केही स्थानीयको हात र खुट्टामा चोट लागेको छ ।

अहिले स्थानीयहरुले मुख्य सडक अवरुद्ध गरेका छन् । जस कारणले आवतजावत गर्ने सयौं मालवाहक ट्रक, यात्रुवाहक बस र हलुका सवारी साधनहरु बाटोमै घेरिएका छन् । धनुषा प्रहरीको टोली घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेको धनुषा प्रहरीले जानकारी दिएको छ ।

वीरगन्जमा रास्वपाको ‘क्रेज’: वडाध्यक्ष र पूर्व गाविस अध्यक्षसहित सयौँले भित्र्याए ‘घण्टी’, पुराना दललाई ठुलो झट्का

वीरगन्ज-  मधेस प्रदेशको आर्थिक राजधानी वीरगन्जमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

वीरगन्जमा रास्वपाको ‘क्रेज’: वडाध्यक्ष र पूर्व गाविस अध्यक्षसहित सयौँले भित्र्याए ‘घण्टी’, पुराना दललाई ठुलो झट्का

वीरगन्ज-  मधेस प्रदेशको आर्थिक राजधानी वीरगन्जमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

पोडकास्ट सुन्नुहोस