२०८३ आश्विन २० गते, मंगलवार ०४:२१

बोलेर होइन, काम गरेर देखाउँछु : उम्मेदवार रिमा यादव

पर्सा-

नेकपा (एमाले) पर्सा निर्वाचन क्षेत्र नम्बर–२ की प्रतिनिधिसभा सदस्य उम्मेदवार रिमा कुमारी यादवले आफू कुरा भन्दा पनि काममा विश्वास गर्ने नेतृ भएको बताउनुभएको छ।

पर्सा गढी नगरपालिका वडा नम्बर–३ स्थित सिर्जना टोलमा आयोजित वडा स्तरीय भेलालाई सम्बोधन गर्दै उम्मेदवार यादवले यस क्षेत्रको समग्र विकासका लागि आफूसँग स्पष्ट खाका रहेको दाबी गर्नुभयो। उहाँले भन्नुभयो, “म पद र शक्तिका लागि होइन, पर्साको वास्तविक परिवर्तनका लागि चुनावी मैदानमा होमिएकी हुँ। शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार मेरो मुख्य प्राथमिकता हुनेछन्।”

देश बचाउन एमालेलाई जिताऔं: गोकर्ण पाठक

कार्यक्रमका प्रमुख अतिथि एवं एमाले नेता गोकर्ण पाठकले आसन्न निर्वाचनलाई ‘देश जलाउने र देश बचाउने शक्ति’ बीचको लडाइँको रूपमा व्याख्या गर्नुभयो। उहाँले भन्नुभयो, “देश निर्माण गर्ने एक मात्र शक्ति नेकपा (एमाले) हो। पार्टीले योग्य, शिक्षित र सक्षम महिला उम्मेदवारको रूपमा रिमा यादवलाई उठाएको छ, उहाँलाई विजयी गराउनु हामी सबैको कर्तव्य हो।”

क्षेत्रीय विकासमा नयाँ संकल्प

कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले पर्सा क्षेत्र नं. २ मा विकासको गति सुस्त भएको भन्दै यसपटक एमालेको नेतृत्व आवश्यक रहेकोमा जोड दिएका थिए। कार्यक्रममा नेतृ सिता लामा लगायतका स्थानीय नेता तथा कार्यकर्ताहरूले आ-आफ्नो धारणा राख्दै चुनावी अभियानलाई तीव्रता दिने संकल्प गरे।

वडाका उपाध्यक्ष मुनिलाल पासवानको अध्यक्षतामा सम्पन्न उक्त भेलाले टोल-टोलमा पुगेर जनमत सिर्जना गर्ने निर्णय समेत गरेको छ।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस