वीरगन्ज-
पर्सा निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य पदका लागि जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार रामनरेश यादवले आफ्नो चुनाव प्रचार–प्रसार अभियान तीव्र पार्नुभएको छ।
चुनावी अभियानअन्तर्गत उम्मेदवार यादवले आज वीरगन्ज महानगरपालिका वडा नं. ३० प्रशोतिपुरमा घरदैलो कार्यक्रम सञ्चालन गर्नुभएको हो।
घरदैलोका क्रममा आम मतदाताको घरघरमा पुगेर उहाँले मधेसी जनताको अधिकारका लागि अग्रणी भूमिका खेलेको जसपा नेपालको छाता छाप मा मतदान गर्न आग्रह गर्नुभयो। घरमै भोट माग्न पुगेका उम्मेदवार यादवलाई स्थानीय मतदाताले समर्थन जनाउँदै आसन्न निर्वाचनमा छाता छापमा मतदान गर्ने आश्वासन दिएका छन्।
घरदैलो कार्यक्रममा जसपा नेपालका केन्द्रीय सदस्य शशिकपुर मियाँ, श्यामबाबु चौरसिया, सुधिरनाथ पाण्डे, पार्टीका जिल्ला सचिव रितेश गुप्ता, जिल्ला कार्यसमिति सदस्य सुनील शर्मा, महानगर अध्यक्ष धनश्यामबाबु गुप्ता, जसपा पर्सा क्षेत्र नं. १ का क्षेत्रीय अध्यक्ष सुन्दर साह कानु लगायत पार्टीका नेता–कार्यकर्ता तथा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो।













