२०८३ जेष्ठ २७ गते, बुधबार ०९:३०

रास्वपा अध्यक्ष रविपछि बालेनकोे नागरिकता माथि विवाद

वीरगन्ज –

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रावि लामिछानपनि अब सोही पार्टीका वरिष्ठ नेतातथा काठमाण्डौं महानगरपालिकाका पूर्व नगर प्रमुख बालेन्द्र शाह (बालेन) को नागरिकता समेत विवाद देखिएको छ ।
नेपालको नागकिता ऐन विपति बालेनले थरपरिर्वतन गरेको उनीमाथि आरोप लगाउको छ । प्रारम्भिक नागरिकतामा “बालेन्द्र साह” उल्लेख भएकोमा पछि उनी महानगरपालिकाको नगरप्रमुखमा निार्वचित भब्एपनि “बालेन्द्र शाह” बनाइएको विषय सार्वजनिक भएपछि यसले कानुनी र राजनीतिक बहसलाई समेत तीव्र बनाएको छ ।

२०६३ साल पुस ९ गते महोत्तरीबाट जारी गरिएको नागरिकतामा उनको नाम “बालेन्द्र साह” उल्लेख थियो, जुन तत्कालीन प्रशासकीय अधिकृत प्रदीपकुमार निरौलाले जारी गरेका थिए। तर काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भइसकेपछि २०७९ साल असार १९ गते लिएको नागरिकताको प्रतिलिपिमा भने “साह”को स्थानमा “शाह” लेखिएको देखिन्छ ।

महोत्तरीको एकडारामा जन्मिएका बालेनको परिवार पछि काठमाडौं बसाइँ सरेको थियो । बसाइँसराइ प्रमाणपत्र तथा पारिवारिक विवरणमा उनका बुवाले परिवारका सबै सदस्यको थर “साह” नै उल्लेख गरेका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर-९ बाट जारी बसाइँसराइ प्रमाणपत्रमा पनि यही विवरण भेटिन्छ ।
यसैबीच, बालेनका स्वर्गीय बुवा रामनारायण साहले प्रतिलिपि नागरिकताका लागि दिएको निवेदनमा समेत “रामनारायण साह नेपाली” नै उल्लेख गरिएको थियो। तर जिल्ला प्रशासन कार्यालय काठमाडौंले २०७९ मंसिर ७ गते जारी गरेको नागरिकतामा उनको थर “रामनारायण शाह” गरिएको छ । सोही मितिमा आमाको नाम पनि “ध्रुवदेवी शाह” लेखिएको छ, जबकि पुराना कागजातमा “ध्रुवदेवी साह” नै थियो।
परिवारका अधिकांश सदस्यको थर परिवर्तन गरिए पनि दाइ कौशलेन्द्रको नागरिकतामा भने पुरानै “साह” कायम रहेको देखिन्छ । महोत्तरीबाट जारी नागरिकता तथा नाता प्रमाणित कागजातमा अहिले पनि “कौशलेन्द्र साह” नै उल्लेख छ । उनले २०७८ मंसिर १५ गते लिएको नागरिकताको प्रतिलिपिमा समेत थर परिवर्तन गरिएको छैन । यसले परिवारभित्रै फरक–फरक विवरण कायम रहेको प्रश्न उठाएको छ ।

सुरुको नागरिकताका विवरण

रामनारायण साहले २०३९ साउन २७ गते महोत्तरीको एकडराबाट नागरिकता लिएका थिए, जसमा उनको नाम “रामनारायण साह नेपाली” उल्लेख थियो र बुवा मुनिलाल साहको नाम समावेश थियो। परिवारका अन्य सदस्य ध्रुवदेवी, कौशलेन्द्र र बालेन्द्र सबैको थर प्रारम्भिक कागजातमा “साह” नै रहेको पुष्टि हुन्छ।

२०७६ कात्तिक ८ गते काठमाडौं महानगरपालिका वडा नम्बर–९ ले दिएको बसाइँसराइ प्रमाणपत्रमा पनि यही थर उल्लेख भए पनि त्यसपछि लिइएका प्रतिलिपि नागरिकतामा दाइ बाहेक अन्य सदस्यको थर परिवर्तन भएको देखिन्छ।

कानुनी प्रावधान र विवादको केन्द्र

नागरिकता ऐन, २०६३ को दफा १२ अनुसार झुटो विवरण दिई नागरिकता लिएको प्रमाणित भएमा सम्बन्धित अधिकारीले त्यस्तो नागरिकता रद्द गर्न सक्ने व्यवस्था छ।

दफा १७ ले नागरिकताको विवरण सच्याउन पाउने व्यवस्था गरे पनि यो सुविधा सानातिना त्रुटिमा मात्र लागू हुन्छ—जस्तै “देवी”, “बहादुर”, “प्रसाद” जस्ता शब्द थपघट हुनु वा इकार–आकार फरक पर्नु। तर थर परिवर्तन जस्तो विषय सानातिना त्रुटिभित्र पर्छ कि पर्दैन भन्ने प्रश्न नै अहिलेको विवादको मूल विषय बनेको छ।

यस प्रकरणले नागरिकता सम्बन्धी प्रशासनिक प्रक्रिया, विवरण सच्याउने कानुनी सीमा तथा सार्वजनिक पदमा रहेका व्यक्तिको कागजी पारदर्शिताबारे व्यापक बहस सिर्जना गरेको छ। आगामी दिनमा सम्बन्धित निकायको आधिकारिक धारणा र कानुनी व्याख्याले नै यस विवादको अन्तिम निष्कर्ष तय गर्ने अपेक्षा गरिएको छ ।
साभार रातोपाटि

प्रतिक्रिया

गृहमन्त्री सुधन गुरुङको पहिलो निर्णय: दरबार हत्याकाण्डको फाइल खोलिने, जेनजी आन्दोलनको मुद्दा फिर्ता लिन अध्ययन गरिने

काठमाडौँ–नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेलगत्तै मुलुकको इतिहासकै सबैभन्दा

गृहमन्त्री सुधन गुरुङको पहिलो निर्णय: दरबार हत्याकाण्डको फाइल खोलिने, जेनजी आन्दोलनको मुद्दा फिर्ता लिन अध्ययन गरिने

काठमाडौँ–नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेलगत्तै मुलुकको इतिहासकै सबैभन्दा

पोडकास्ट सुन्नुहोस