२०८२ चैत्र ८ गते, आईतवार २०:०२

वीरगन्जको लजमा भारतीय दम्पती मृत फेला: बसपार्क क्षेत्रमा सनसनी

तीन दिनदेखि 'नवदुर्गा लज'मा बस्दै आएका ४० वर्षीय पुरुष र ३५ वर्षीया महिलाको शव पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाइयो

 वीरगन्ज-

वीरगन्जको मुख्य बसपार्कस्थित भानु चोकमा रहेको एक लजमा आइतबार बिहान एक भारतीय दम्पती झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । बसपार्कको ‘नवदुर्गा लज’ मा विगत तीन दिनदेखि बस्दै आएका दम्पती आफ्नै कोठाभित्र मृत भेटिएपछि स्थानीय क्षेत्रमा सनसनी फैलिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार करिब ४० वर्षीय पुरुष र ३५ वर्षीया महिला लजको कोठाभित्र झुन्डिएको अवस्थामा फेला परेका हुन् । लज सञ्चालकले कोठाभित्र शंकास्पद अवस्थामा देखेपछि तुरुन्तै प्रहरीलाई खबर गरेका थिए । सूचना पाउनेबित्तिकै घटनास्थल पुगेको प्रहरी टोलीले मुचुल्का उठाएर शव बरामद गरेको हो ।

मृतकहरू भारतीय नागरिक भएको बुझिए पनि उनीहरूको नाम र स्थायी ठेगाना खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) हरि बहादुर बस्नेतले जानकारी दिनुभयो । “शव पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको छ र मृतकको पहिचान खुलाउने प्रयास भइरहेको छ,” डिएसपी बस्नेतले भन्नुभयो ।

ती दम्पतीले किन यस्तो कदम चाले वा घटनाको पछाडि अन्य कुनै कारण छ भन्नेबारे प्रहरीले गम्भीरताका साथ अनुसन्धान सुरु गरेको छ । लजमा राखिएको विवरण (इन्ट्री बुक) र उनीहरूसँग भएका कागजातका आधारमा पहिचान गर्ने काम भइरहेको प्रहरीको भनाइ छ ।

पोखरा विमानस्थल निर्माणमा ४६ करोड भ्रष्टाचार: पूर्वसचिव र तीन पूर्वमहानिर्देशकसहित २१ जनाविरुद्ध मुद्दा दायर

पोखरा- पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा ४६ करोड १५

पोखरा विमानस्थल निर्माणमा ४६ करोड भ्रष्टाचार: पूर्वसचिव र तीन पूर्वमहानिर्देशकसहित २१ जनाविरुद्ध मुद्दा दायर

पोखरा- पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा ४६ करोड १५

पोडकास्ट सुन्नुहोस