२०८२ चैत्र १४ गते, शनिबार १२:५०

नेपाली नेताको पक्राउबारे अरबिन्द केजरीवालको टिप्पणी: ‘आफ्नै कुकर्मका कारण ओली र लेखक समातिए’

काठमाडौँ-

 नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको गिरफ्तारीलाई लिएर छिमेकी मुलुक भारतमा समेत तीव्र प्रतिक्रिया सुरु भएको छ। आम आदमी पार्टी (आप) का संयोजक एवं दिल्लीका पूर्व मुख्यमन्त्री अरबिन्द केजरीवालले नेपाली नेताहरूको पक्राउलाई उनीहरूको ‘पुराना कुकर्मको परिणाम’ भन्दै टिप्पणी गर्नुभएको छ।

भारतीय सञ्चारमाध्यम ‘एबीपी न्युज’ (ABP News) को समाचारलाई सामाजिक सञ्चार माध्यममा सेयर गर्दै केजरीवालले नेपालमा भइरहेको भ्रष्टाचार विरोधी पछिल्लो कदम र पूर्व प्रधानमन्त्रीको गिरफ्तारीमाथि आफ्नो धारणा राख्नुभएको हो। उहाँले लेख्नुभएको छ-“नेपालका पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्री आफ्नै पुराना कुकर्मका कारण पक्राउ परेका हुन्।” यतिबेला भारतीय सञ्चारमाध्यमहरूले नेपालमा ३६ वर्षीय बालेन शाह प्रधानमन्त्री बनेलगत्तै सुरु भएको उच्चस्तरीय भ्रष्टाचार र ‘जेनजी आन्दोलन’ का दोषीमाथिको कारबाहीलाई उच्च प्राथमिकताका साथ प्रकाशित गरिरहेका छन्। कतिपय भारतीय विश्लेषकहरूले यसलाई दक्षिण एसियाकै राजनीतिमा आएको ‘नयाँ लहर’ का रूपमा व्याख्या गरेका छन्।

ओली र लेखक पक्राउ परेपछि नेपालसँगै भारतको राजनीतिक वृत्तमा पनि यसको तरंग देखिएको छ। केजरीवालको यो टिप्पणीले सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ।

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस