२०८३ बैशाख १० गते, बिहीबार १८:१५

बढ्दो गर्मी र ‘लु’ को जोखिम: सतर्क रहन मौसम पूर्वानुमान महाशाखाको विशेष अपिल

काठमाडौँ –

देशभर तापक्रमको पारो निरन्तर उकालो लागेपछि जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सर्वसाधारणमा आवश्यक सतर्कता अपनाउन विशेष अनुरोध गरेको छ। महाशाखाले पछिल्लो बुलेटिन जारी गर्दै तराईका जिल्लादेखि खोँच र उपत्यकाहरूमा समेत गर्मी अत्यधिक बढ्ने भन्दै सचेत गराएको हो।

महाशाखाका अनुसार मधेस प्रदेशसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्ने क्रम जारी छ। तराईका जिल्लाहरू मात्र नभई पहाडी क्षेत्रका उपत्यका र नदी किनारका खोँचहरूमा समेत तातो दिन हुने सम्भावना देखिएकाले दैनिक जनजीवन प्रभावित हुन सक्ने अनुमान गरिएको छ।

विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो हावाको लहर (लु) चल्ने सम्भावना देखिएको मौसमविद्हरूले जनाएका छन्। तातो हावाले मानिसको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भएकाले दिउँसोको समयमा घरबाहिर निस्कँदा विशेष सावधानी अपनाउन सुझाइएको छ।

मौसम पूर्वानुमान महाशाखाले मौसममा आउने परिवर्तन र पछिल्लो सूचनाका बारेमा सधैँ अद्यावधिक रहन आग्रह गरेको छ। गर्मीबाट बच्न प्रशस्त पानी पिउन, हल्का र सुतीका कपडा लगाउन, दिउँसोको चर्को घाममा हिँडडुल नगर्न र टाउको ढाक्ने टोपी वा छाताको प्रयोग गर्न स्वास्थ्य विज्ञहरूले समेत सल्लाह दिएका छन्।

तापक्रम अझै केही दिन बढ्न सक्ने देखिएकाले कृषि र स्वास्थ्य क्षेत्रमा पर्न सक्ने नकारात्मक प्रभावप्रति पनि प्रशासनले निगरानी बढाउनुपर्ने देखिएको छ।

भारतीय ‘लभ जिहादी’ हरूका लागि सुरक्षित थलो बन्दै नेपाल; हिन्दु किशोरीलाई प्रलोभनमा पारेर लैजाँदै गर्दा सीमामा पक्राउ

शंकर गणश/रक्सौल  भारतीय मुस्लिम युवाहरूले हिन्दु किशोरीहरूलाई “लभ जिहाद” को

भारतीय ‘लभ जिहादी’ हरूका लागि सुरक्षित थलो बन्दै नेपाल; हिन्दु किशोरीलाई प्रलोभनमा पारेर लैजाँदै गर्दा सीमामा पक्राउ

शंकर गणश/रक्सौल  भारतीय मुस्लिम युवाहरूले हिन्दु किशोरीहरूलाई “लभ जिहाद” को

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस