२०८३ बैशाख १० गते, बिहीबार १८:०५

कलैया खानेपानीका तत्कालीन प्रमुख इन्जिनियर यादवविरुद्ध भ्रष्टाचार मुद्दा: १ करोड ४६ लाख अकुत सम्पत्ति भेटियो

पर्सा-

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, कलैया बाराका तत्कालीन निमित्त कार्यालय प्रमुख तथा इन्जिनियर किशोरी प्रसाद यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। यादवले सार्वजनिक पदमा रहँदा पदको दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको पुष्टि भएपछि आयोगले बिहीबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

 आयोगका अनुसार इन्जिनियर यादवको सेवा प्रवेशदेखि हालसम्मको सम्पत्ति विवरण र आम्दानी–खर्चको सुक्ष्म विश्लेषण गर्दा १ करोड ४६ लाख ८१ हजार २२५ रुपैयाँ ९० पैसा बराबरको सम्पत्तिको वैधानिक स्रोत खुल्न सकेको छैन। अनुसन्धान अवधिमा उनले गरेको खर्च तथा लगानीको तुलनामा वैध आम्दानीको हिस्सा निकै न्यून देखिएको आयोगले जनाएको छ।

यादवले गैरकानुनी रूपमा आर्जन गरेको रकमबाट जग्गा खरिद, भव्य घर निर्माण, महँगा सवारीसाधन खरिद, विभिन्न कम्पनीको सेयर लगानी तथा विलासी विद्युतीय उपकरणहरूमा खर्च गरेको पाइएको छ। उनले भ्रष्टाचारको रकम लुकाउन आफ्नी श्रीमतीको नाममा समेत लगानी गरेको अनुसन्धानबाट खुलेको छ।

अख्तियारले यादवकी श्रीमतीलाई समेत प्रतिवादी बनाउँदै भ्रष्टाचार निवारण ऐनअनुसार बिगो जफत र कैद सजायको माग गरेको छ।

यादव बाराको कलैयामा कार्यरत रहँदा विभिन्न आयोजनाहरूमा अनियमितता गरेको गुनासो आएपछि अख्तियारले उनीमाथि निगरानी बढाएको थियो। सार्वजनिक सेवामा रहेर व्यक्तिगत लाभका लागि राज्यकोष र पदको दुरुपयोग गर्नेहरूमाथि आयोगले पछिल्लो समय बारा–पर्सा क्षेत्रमा आफ्नो सक्रियता थप तीव्र पारेको छ।

विशेष अदालतमा मुद्दा दायर भएसँगै यादवको सार्वजनिक पद र सेवाबाट हुने सुविधाहरूमा समेत कानुनी असर पर्ने देखिएको छ।

भारतीय ‘लभ जिहादी’ हरूका लागि सुरक्षित थलो बन्दै नेपाल; हिन्दु किशोरीलाई प्रलोभनमा पारेर लैजाँदै गर्दा सीमामा पक्राउ

शंकर गणश/रक्सौल  भारतीय मुस्लिम युवाहरूले हिन्दु किशोरीहरूलाई “लभ जिहाद” को

भारतीय ‘लभ जिहादी’ हरूका लागि सुरक्षित थलो बन्दै नेपाल; हिन्दु किशोरीलाई प्रलोभनमा पारेर लैजाँदै गर्दा सीमामा पक्राउ

शंकर गणश/रक्सौल  भारतीय मुस्लिम युवाहरूले हिन्दु किशोरीहरूलाई “लभ जिहाद” को

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस