२०८३ आश्विन २० गते, मंगलवार ०५:११

सर्लाहीमा ट्याक्टरले साइकललाई ठक्कर दिँदा ६ बर्षिया बालिकाको मृत्यु, बुबा घाइते

सर्लाही –

सर्लाहीको लाल बन्दी नगरपालिका–४ हरि वनमा ट्याक्टरले साइकललाई ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ भने उनका बुबा घाइते भएका छन् । शुक्रबार दिउँसो हरिपुरबाट लाल बन्दीतर्फ आउँदै गरेको ना ५ त ३११३ नम्बरको ट्याक्टरले सोही दिशातर्फ गइरहेको साइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा साइकलको पछाडि सवार लाल बन्दी नगरपालिका–९ निवासी करिब ६ वर्षीया अन्सु भट्टराईको घटनास्थलमै मृत्यु भएको छ । साइकल चालक उनका बुबा करिब ४० वर्षीय सन्तोष भट्टराई घाइते भएका छन् । उनको शरीरका विभिन्न भागमा चोट लागेको छ भने मोडेल अस्पताल लाल बन्दीमा उपचार भइरहेको छ ।

 

उनको अवस्था मध्यम रहेको बताइएको छ । प्रहरीले दुर्घटनामा संलग्न ट्याक्टर र चालक लाल बन्दी नगरपालिका–१७ निवासी करिब ५० वर्षीय दुर्गामान थोकरलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय लाल बन्दीमा राखेको जनाएको छ ।

बालिकाको शव पोस्टमार्टमका लागि जिल्ला सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस