२०८३ बैशाख २३ गते, बुधबार ०९:४६

पर्दाको ‘थलापति’ अब तमिलनाडुको राजनीतिमा: विजयको पार्टी सबैभन्दा ठुलो दल, मुख्यमन्त्री बन्ने पक्का

काठमाडौँ-

छिमेकी मुलुक भारतको तमिलनाडु राज्यमा चलचित्रको ‘क्रेज’ पुनः राजनीतिक शक्तिका रूपमा उदय भएको छ। दक्षिण भारतीय चलचित्रका सुपरस्टार जोसेफ विजय (थलापति विजय) नेतृत्वको पार्टी ‘तमिलागा भेत्री कजङ्गम’ (टिभिके) ले विधान सभा निर्वाचनमा ऐतिहासिक जित हासिल गर्दै राज्यको सबैभन्दा ठुलो दल बनेको छ।

हालै सम्पन्न निर्वाचनमा २३४ विधान सभा सिटमध्ये विजयको पार्टी टिभिकेले १०८ सिटमा सानदार जित निकालेको छ। अप्रिल २३ मा भएको मतदानमा ८५ प्रतिशतभन्दा बढी मत खसेको थियो, जसले तमिलनाडुको राजनीतिमा ठुलो फेरबदल ल्याएको संकेत गरेको छ। ‘विजय आउने छन्’ भन्ने चुनावी नाराका साथ मैदानमा होमिएका विजयलाई सुरुमा अन्य दलहरूले सामान्य रूपमा लिए पनि नतिजाले सबैलाई आश्चर्यचकित बनाइदिएको छ।

छैटौँ पटक फिल्मी क्षेत्रबाट मुख्यमन्त्री

तमिलनाडुको इतिहासमा चलचित्र क्षेत्रबाट आएका व्यक्ति मुख्यमन्त्री बन्न लागेको यो छैटौँ पटक हो। यसअघि एमजी रामाचन्द्रन (एमजिआर), एम. करुणानिधि, जयललिता जस्ता हस्तीहरूले चलचित्रको लोकप्रियतालाई राजनीतिक सफलतामा बदलेका थिए। विजयको यो जितले दक्षिण भारतमा कलाकारप्रतिको अटुट विश्वास र राजनीतिक प्रभावलाई पुनः पुष्टि गरेको छ।

बाल्यकालदेखि सुपरस्टारसम्मको यात्रा

सन् १९७४ जुलाई २२ मा चेन्नईमा जन्मिनुभएका जोसेफ विजय चन्द्रशेखरको पारिवारिक पृष्ठभूमि नै चलचित्रमय थियो। बुबा एसए चन्द्रशेखर चर्चित निर्देशक र आमा शोभा गायिका हुनुहुन्थ्यो। बुबाकै निर्देशनमा ‘भेट्री’ चलचित्रबाट बालकलाकारका रूपमा यात्रा सुरु गर्नुभएका विजयले सन् १९९२ मा ‘नालैया थीरपु’ बाट मुख्य भूमिकामा डेब्यु गर्नुभएको थियो।

‘गिल्ली’, ‘कथी’, ‘थेरी’, ‘मार्सल’ र ‘बिगिल’ जस्ता व्यावसायिक रूपमा सफल र सामाजिक सन्देश बोकेका चलचित्रमार्फत उहाँले ‘थलापति’ (सेनापति) को पहिचान बनाउनुभयो। पर्दामा देखिने उहाँको विद्रोही र गरिबको मसिहावाला छविले नै उहाँलाई आज राजनीतिको शिखरमा पुर्‍याउन मद्दत गरेको विश्लेषण गरिएको छ।

अभिनय यात्राको अन्त्य र पूर्णकालीन राजनीति

विजयले राजनीतिमा लाग्नकै लागि आफ्नो सफल फिल्मी करियर त्याग्ने घोषणा गरिसक्नुभएको छ। सेप्टेम्बर २०२४ मा घोषणा भए अनुसार ‘थलापति ६९’ उहाँको अन्तिम चलचित्र हुनेछ। आफूलाई पूर्ण रूपमा समाजसेवा र राज्यको विकासमा समर्पित गर्ने प्रतिबद्धताका साथ उहाँ अब तमिलनाडुको मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने तयारीमा हुनुहुन्छ।

कलाकारलाई देवता झैँ पुज्ने भारतीय संस्कृतिमा विजयको यो उदयले बलिउडदेखि कलिउडसम्म नयाँ बहस सिर्जना गरेको छ।

प्रतिक्रिया

लिपुलेक प्रकरणमा कूटनीतिक नोटले पुग्दैन, सरकारले तत्काल निर्णायक वार्ता गर्नुपर्छ : परराष्ट्रविद्

काठमाडौं – भारतद्वारा नेपाली भूमि लिपुलेकबाट अनधिकृतरूपमा कैलाश मानसरोवर तीर्थयात्री

लिपुलेक प्रकरणमा कूटनीतिक नोटले पुग्दैन, सरकारले तत्काल निर्णायक वार्ता गर्नुपर्छ : परराष्ट्रविद्

काठमाडौं – भारतद्वारा नेपाली भूमि लिपुलेकबाट अनधिकृतरूपमा कैलाश मानसरोवर तीर्थयात्री

पोडकास्ट सुन्नुहोस