२०८३ बैशाख २३ गते, बुधबार १७:०४

लागुऔषध ओसरपसारको अभियोगमा युवा पक्राउ

वीरगन्ज-

पर्सा जिल्लाको ठोरी गाउँपालिकाबाट आज प्रहरीले लागूऔषध ओसारपसारको अभियोगमा एक जना १९ वर्षीय युवकलाई पक्राउ गरेको छ। लागूऔषध ओसारपसारको अभियोगमा प्रहरीले बिहान गाउँपालिकाको वडा नं. १, चौतारा चोकबाट चितवन जिल्लाको माडी नगरपालिका–८ निवासी विश्वास परियारलाई नियन्त्रणमा लिएको हो।

ठोरीबाट चितवनतर्फ जाँदै गरेको बा.प्र. ३–०० ख २६०४ नम्बरको सार्वजनिक बसमा सवार रहेका परियारमाथि शंका लागी चेकजाँच गर्दा उनले लगाएको पाइन्छको दुवै खल्तिबाट   ‘लोबोरट’ नामका ४७५ थान क्याप्सुल (औषधि) बरामद भएपछि आवश्यक अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिनुभयो।

इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएका परियारमाथि लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस