२०८३ बैशाख २४ गते, बिहीबार १९:२१

पोखरा विमानस्थलमा ‘कमिसन उडान’ ? अख्तियारले खोल्यो अर्को भ्रष्टाचारको फाइल

काठमाडौं-

राष्ट्रिय गौरवको आयोजना भनेर प्रचार गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल फेरि भ्रष्टाचारको दलदलमा तानिएको छ । निर्माण सकिएपछि पनि विवाद नटुंगिएको विमानस्थल अब उच्च तहका पूर्वमन्त्री, सचिव र विदेशी कम्पनीसम्म तानिने कानुनी घेराबन्दीमा परेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थल निर्माणका क्रममा ठेक्का सम्झौताको शर्त विपरीत ठेकेदार कम्पनीलाई राजश्व छुट दिइएको भन्दै पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार राज्यलाई अर्बौं रुपैयाँ नोक्सानी पुर्‍याइएको दाबी गर्दै अख्तियारले ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो मागदाबी गरेको छ । यो रकमले फेरि एकपटक “विकास कि कमिसन ?” भन्ने पुरानै प्रश्नलाई सतहमा ल्याइदिएको छ ।

मुद्दामा तत्कालीन अर्थसचिव शंकरप्रसाद अधिकारी, पर्यटन सचिव महेश्वर न्यौपाने, सहसचिव सुरेश आचार्य र दुण्डुराज घिमिरे, पूर्वसचिव केवल भण्डारी, नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जिव गौतम, निवर्तमान महानिर्देशक प्रदीप अधिकारीलगायत उच्च पदस्थ कर्मचारीहरूलाई प्रतिवादी बनाइएको छ ।

त्यति मात्रै होइन, विमानस्थल निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी सीएएमसी, उसका अध्यक्ष, परियोजना व्यवस्थापक र कम्पनी म्यानेजरसमेत अख्तियारको निशानामा परेका छन् ।

पोखरा विमानस्थलमा भ्रष्टाचार सम्बन्धी यो तेस्रो मुद्दा हो । यसअघि गत मंसिरमा पाँच पूर्वमन्त्रीसहित विरुद्ध मुद्दा दर्ता भएको थियो भने चैतमा अर्को भ्रष्टाचार प्रकरण अदालत पुगेको थियो । लगातारका मुद्दाले विमानस्थल निर्माण प्रक्रिया सुरुदेखि नै प्रश्नको घेरामा रहेको संकेत गरेका छन् ।

अर्बौं खर्चिएर बनाइएको विमानस्थल उडानभन्दा बढी विवादका कारण चर्चामा आउन थालेपछि अब जनस्तरमा प्रश्न उठ्न थालेको छ— “पोखरामा विमानस्थल बन्यो कि भ्रष्टाचारको रनवे ?”

प्रतिक्रिया

पर्साका सुकुम्बासी बस्तीमा डोजर नचलाउन श्रम संस्कृति पार्टीको माग, प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

वीरगन्ज– हर्क साम्पांग नेतृत्वको श्रम संस्कृति पार्टीले पर्सा जिल्लाका सुकुम्बासी

पोखरा विमानस्थलमा ‘कमिसन उडान’ ? अख्तियारले खोल्यो अर्को भ्रष्टाचारको फाइल

पर्साका सुकुम्बासी बस्तीमा डोजर नचलाउन श्रम संस्कृति पार्टीको माग, प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

वीरगन्ज– हर्क साम्पांग नेतृत्वको श्रम संस्कृति पार्टीले पर्सा जिल्लाका सुकुम्बासी

पोखरा विमानस्थलमा ‘कमिसन उडान’ ? अख्तियारले खोल्यो अर्को भ्रष्टाचारको फाइल

विशेष

पोडकास्ट सुन्नुहोस