२०८३ असार १० गते, बुधबार ०९:१२

बीरगन्जमा विविध कार्यक्रमका साथ विश्व रेडक्रस दिवस मनाइयो; विद्यार्थीलाई शैक्षिक सामग्री र पोसाक वितरण

बीरगन्ज-

मानवता, सेवा र परोपकारको क्षेत्रमा क्रियाशील नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले बिहीबार विविध कार्यक्रम आयोजना गरी ‘विश्व रेडक्रस दिवस’ भव्य रूपमा मनाएको छ। रेडक्रसका संस्थापक जाँ हेनरी ड्युनाँको जन्मजयन्तीको अवसरमा बीरगन्जस्थित शाखा भवनमा विशेष समारोह आयोजना गरिएको हो।

कार्यक्रममा संस्थापक ड्युनाँको योगदानको स्मरण गर्दै झण्डोत्तोलन, दीप प्रज्वलन तथा उहाँको तस्बिरमा माल्यार्पण गरिएको थियो। सहभागीहरूले मानव सेवामा रेडक्रसले पुर्‍याउँदै आएको अतुलनीय योगदानको चर्चा गर्दै रेडक्रसका आधारभूत सिद्धान्तअनुसार निःस्वार्थ सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका थिए।

नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बृज किशोर पटेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष मधु राणा, कार्यकारिणी सदस्यहरू दिनानाथ रौनियार र मुना खनालको उपस्थिति रहेको थियो। यस्तै, रेसमकोठी उपशाखाका अभिलाष गुप्ता, राजन श्रीवास्तव, लक्ष्मीनारायण राउत, बाबुनन्द चौरसिया, मिना क्षेत्री तथा कार्यालय प्रमुख वीरसमशेर कुर्मी लगायतका पदाधिकारी एवं सदस्यहरूको सहभागिता थियो।

विद्यार्थीलाई सहयोग दिवसकै अवसर पारेर रेडक्रसले सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक क्षेत्रमा पनि सहयोग पुर्‍याएको छ। पर्सा जिल्लास्थित रेडक्रस प्रावि विद्यालय, लक्ष्मीपुरमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री तथा विद्यालय पोसाक वितरण गर्ने कार्यक्रम तय गरिएको छ।

शाखाका अनुसार विद्यार्थीहरूलाई कापी, कलम, पेन्सिल, इरेजर, कटर लगायतका स्टेसनरी सामग्रीका साथै विद्यालय पोसाक (पाइन्ट र सर्ट) वितरण गरिनेछ। यस कार्यले विपन्न तथा जेहेन्दार विद्यार्थीहरूको शिक्षामा थप टेवा पुग्ने र मानवताको भावनालाई मजबुत बनाउने विश्वास रेडक्रसले लिएको छ।

प्रतिक्रिया

उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीविरुद्ध एमाले आन्दोलित: देशव्यापी प्रतिरोध र भण्डाफोर अभियानको घोषणा

काठमाडौँ – नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई

उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीविरुद्ध एमाले आन्दोलित: देशव्यापी प्रतिरोध र भण्डाफोर अभियानको घोषणा

काठमाडौँ – नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई

पोडकास्ट सुन्नुहोस