२०८३ असार १० गते, बुधबार ०९:११

लिपुलेकबारे नेपालको अडान भारतद्वारा पुनः अस्वीकार, ‘एकतर्फी दाबी’ भन्दै पुरानै अडान दोहोर्‍यायो

नयाँ दिल्ली / काठमाडौँ

भारतले लिपुलेक क्षेत्रबारे नेपालले राख्दै आएको अडानलाई फेरि अस्वीकार गरेको छ । भारतीय विदेश मन्त्रालयले नेपालको दाबीलाई ‘त्रुटिपूर्ण’ भन्दै लिपुलेक हुँदै निर्माण गरिएको सडक र मानसरोबर यात्रा पुरानै निरन्तरता भएको दाबी गरेको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बिहीबार आयोजित साप्ताहिक प्रेस ब्रिफिङमा बोल्दै लिपुलेक-कैलाश मानसरोबर सडक नयाँ विषय नभई सन् १९५४ देखि नै प्रचलनमा रहेको जिकिर गरे । “यो नयाँ कुरा होइन । नेपालले एकतर्फी रूपमा गर्ने सीमा विस्तारको दाबी सही छैन,” प्रवक्ता जैसवालले भने, “नेपालसँग बाँकी रहेका सीमा मुद्दाहरूमा संवाद गर्न हामी तयार छौँ, तर ‘फलानो चिज हाम्रो हो’ भनेर एकतर्फी दाबी गर्ने तरिका ठिक भएन ।”

नेपाल सरकारले गत वैशाख २० गते नेपाली भूमि लिपुलेक प्रयोग गरेर भारत र चीनले कैलाश मानसरोबर यात्रा सञ्चालन गर्न लागेको भन्दै दुवै देशलाई कूटनीतिक नोट पठाएर आपत्ति जनाएको थियो । नेपालको सो कूटनीतिक नोटको जवाफ दिँदै भारतले भोलिपल्टै पत्रमार्फत असहमति जनाएको थियो भने बिहीबार पुनः सोही अडान दोहोर्‍याएको हो ।

तेल र मलको आपूर्ति निरन्तर रहने आश्वासन

सीमा विवादमा कठोर देखिए पनि भारतले नेपालसँगको व्यापारिक र रणनीतिक सम्बन्ध मजबुद रहेको बताएको छ । प्रवक्ता जैसवालले पश्चिम एसियामा जारी तनाव (होर्मुज स्ट्रेटको घटना) का बिच पनि नेपालमा पेट्रोलियम पदार्थको आपूर्तिमा कुनै अवरोध नहुने स्पष्ट पारे ।

“नेपाल र भारतबिच बहुआयामिक र घनिष्ठ सम्बन्ध छ,” उनले भने, “सम्झौताअनुसार पेट्रोलियम पदार्थ र रासायनिक मलको आपूर्ति निरन्तर भइरहनेछ । भारत नेपाललाई आवश्यक मल र तेल उपलब्ध गराउन पूर्ण प्रतिबद्ध छ ।”

यतिबेला मधेश प्रदेश लगायत नेपालभर मलको अभाव देखिएको र अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको सन्दर्भमा भारतीय विदेश मन्त्रालयको यो भनाइलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

प्रतिक्रिया

उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीविरुद्ध एमाले आन्दोलित: देशव्यापी प्रतिरोध र भण्डाफोर अभियानको घोषणा

काठमाडौँ – नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई

उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीविरुद्ध एमाले आन्दोलित: देशव्यापी प्रतिरोध र भण्डाफोर अभियानको घोषणा

काठमाडौँ – नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई

पोडकास्ट सुन्नुहोस