२०८३ असार १० गते, बुधबार ०९:१७

एकता छोटो समयका लागि मात्रै हो भन्ने आशंका नगर्नुहोला : हर्क साम्पाङ

काठमाडौं –

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले सुदन किराँती पक्षबाट आएका सबैलाई हार्दिक स्वागत गर्दै एकले अर्कालाई स्वीकार गरेर अघि बढ्ने समझदारी बनेको जानकारी दिए ।

शुक्रबार आयोजित राजनीतिक एकता तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले सुदन किराँतीसहितको टोलीलाई स्वागत गर्दै अब आपसी समर्थन र सहकार्यका साथ अगाडि बढ्ने बताएका हुन् ।

उनले भने, ‘सुदन किराँतीज्यू र उहाँको समूहसँग एकता भएको छ । हामी हर्षित छौं, मिल्नु राम्रो छुट्नु नराम्रो हो । धेरै मानिसहरूले उहाँ र हामी मिलेर अगाडि बढोस् भन्ने चाहना राख्नुभएको थियो ।’

उनले यो एकता छोटो समयका लागि मात्रै हो भन्ने आशंका नगर्न आग्रह गरे ।
उनले भने, ‘धेरैलाई शंका लागेको होला, दुई–तीन दिनका लागि होला, ६ महिनापछि त्यही त हो भन्ने होला । उहाँ माक्र्सवाद र माओवाद पढेर आएको, यता फेरि हर्कवाद के हो भन्ने कतिलाई लागेको छ । त्यो ठूलो कुरा होइन, देशका लागि सोच्ने ठूलो कुरा हो । यो देशको भारी सँगै बोक्छौं कि बोक्दैनौं भन्ने ठूलो कुरा हो ।’

साम्पाङले ‘हर्कवाद’ को अवधारणाबारे पनि प्रष्ट पार्दै प्रकृति, संस्कृति र प्रविधिलाई जीवनको आधार मानेर अघि बढ्ने विचार रहेको बताए ।

उनले भने, ‘हर्कवाद के हो भन्ने धेरैलाई छ । यो बहस हामीले छेडेका छौं । प्रकृति, संस्कृति र प्रविधिले जीवन बनेको हुन्छ । जीवनमा कुनै एक निकाल्ने हो भने त्यो जीवन रहँदैन । त्यसैले प्रकृति र संस्कृतिका लागि काम गर्छौं, साथै प्रविधिको विकास गर्दै अगाडि बढ्छौं भन्ने मान्यता नै हर्कबहादुरको कुरा हो ।’

प्रतिक्रिया

उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीविरुद्ध एमाले आन्दोलित: देशव्यापी प्रतिरोध र भण्डाफोर अभियानको घोषणा

काठमाडौँ – नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई

उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीविरुद्ध एमाले आन्दोलित: देशव्यापी प्रतिरोध र भण्डाफोर अभियानको घोषणा

काठमाडौँ – नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई

पोडकास्ट सुन्नुहोस