२०८३ बैशाख २६ गते, शनिबार ११:३८

उठिवासको डरले सडकमा सुकुम्बासी, सर्लाहीमा सरकारविरुद्ध चर्कियो आक्रोश

सर्लाही –

सरकारी ‘सुकुम्बासी हटाउने अभियान’ विरुद्ध Bagmati Municipality का सुकुम्बासीहरू सडकमा उत्रिएका छन्। वर्षौंदेखि ऐलानी, पर्ती, वन क्षेत्र तथा सार्वजनिक जग्गामा बसोबास गर्दै आएका परिवारहरूले शुक्रबार पुतली चोकमा भेला भएर सरकारविरुद्ध नाराबाजी, र्याली तथा कोणसभा गरेका हुन्।

“उठिवास होइन, व्यवस्थापन गर”, “गरिबलाई पनि बाँच्न दे सरकार” र “जग्गा सरकारको भए जनता कसको ?” जस्ता नाराले पुतली चोक दिनभर गुञ्जिएको थियो। हातमा प्लेकार्ड र मनमा त्रास बोकेका प्रदर्शनकारीहरूले सरकारले वैकल्पिक व्यवस्था नगरी आफूहरूलाई हटाउन खोजेको आरोप लगाए।

स्थानीयका अनुसार सुकुम्बासी व्यवस्थापनको नाममा सरकारले वर्षौंदेखिको बसोबास नै संकटमा पार्न खोजेको छ। “घर छैन, जग्गा छैन, अब बस्ने ठाउँ पनि खोस्न खोजियो,” भन्दै उनीहरूले निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्।

भारी वर्षाका बीच सुरु भएको र्याली बागमती पुल हुँदै वीर गोर्खाली चोक पुगेर कोणसभामा परिणत भएको थियो। वर्षाले भिजेका अनुहारमा चिन्ता र आक्रोश दुवै स्पष्ट देखिन्थ्यो।

सभालाई सम्बोधन गर्दै नारायणकाजी श्रेष्ठ ले व्यवस्थापनको नाममा सुकुम्बासीलाई विस्थापित गर्न नहुने बताएका छन्। उनले सरकारको भूमिनीतिमाथि प्रश्न उठाउँदै भने, “जग्गा सरकारको भए जनता कहाँ जाने ?”

श्रेष्ठले सरकारको कार्यशैलीले नागरिकमा त्रास र असुरक्षा बढाएको आरोप लगाउँदै सुकुम्बासीप्रति राज्य “तानाशाही शैली” मा प्रस्तुत भएको टिप्पणी गरे। उनले गरिब र भूमिहीनको समस्या समाधान संवाद र व्यवस्थापनबाट हुनुपर्नेमा बल प्रयोग र उठिवासको भाषा प्रयोग गरिनु दुःखद भएको बताए।

प्रतिक्रिया

प्रधानन्यायाधीश बन्नुअघि ‘जनताको अदालत’मा डा. शर्मा, संसदीय समितिद्वारा उजुरी आह्वान

काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीशडा. मनोजकुमार शर्माविरुद्ध संसदीय सुनुवाइ समितिले सार्वजनिक

प्रधानन्यायाधीश बन्नुअघि ‘जनताको अदालत’मा डा. शर्मा, संसदीय समितिद्वारा उजुरी आह्वान

काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीशडा. मनोजकुमार शर्माविरुद्ध संसदीय सुनुवाइ समितिले सार्वजनिक

पोडकास्ट सुन्नुहोस