२०८३ असार १० गते, बुधबार १०:३७

सांसद हरि पन्तको नाम जोडेर आएका सामग्रीप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण; कानुनी प्रक्रिया सुरु

वीरगन्ज-

पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य माननीय बुद्धि प्रसाद (हरि) पन्तको सचिवालयले केही सामाजिक सञ्जाल र अनलाइन माध्यमहरूमा उहाँको नाम र तस्वीर जोडेर प्रकाशित सामग्रीहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सचिवालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै ‘रुटिन अफ मधेश प्रदेश’ (Routine of Madhesh Pradesh) लगायतका केही अनलाइनमा माननीय पन्तको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले प्रकाशित सामग्रीहरू पूर्ण रूपमा कपोलकल्पित, भ्रामक र निराधार रहेको स्पष्ट पारेको छ। अनलाइनमा उल्लेख गरिएका व्यवसाय तथा व्यावसायिक संस्थाहरूमा सांसद पन्तको कुनै पनि प्रकारको सम्बन्ध वा संलग्नता नरहेको विज्ञप्तिमा उल्लेख छ।

“कुनै तथ्य र प्रमाणबिना व्यक्तिको नाम, तस्वीर तथा सार्वजनिक छविलाई जोडेर गलत सूचना फैलाउनु कानुनी रूपमा दण्डनीय कार्य हो,” विज्ञप्तिमा भनिएको छ, “यस प्रकारका आधारहीन सामग्रीले माननीयज्यूको व्यक्तिगत प्रतिष्ठा र राजनीतिक जीवनमा गम्भीर क्षति पुर्‍याउने प्रयास गरेको देखिन्छ।”

सचिवालयले यस्ता सामग्री निर्माण, प्रकाशन तथा शेयर गर्ने व्यक्ति वा संस्थालाई तत्काल ती सामग्री हटाउन र सार्वजनिक रूपमा क्षमायाचना गर्न आग्रह गरेको छ।

नियोजित रूपमा गरिएको चरित्रहत्या र भ्रमपूर्ण प्रचारविरुद्ध नेपालको संविधान, विद्युतीय कारोबार ऐन तथा मुलुकी अपराध संहिता बमोजिम कानुनी उपचारको प्रक्रिया सुरु भइसकेको पनि सचिवालयले जानकारी दिएको छ।

साथै, सञ्चारमाध्यम र सर्वसाधारणलाई समेत अपुष्ट र भ्रामक सामग्री शेयर नगर्न तथा जिम्मेवार सूचना प्रवाह गर्न सचिवालयले हार्दिक अनुरोध गरेको छ।

प्रतिक्रिया

उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीविरुद्ध एमाले आन्दोलित: देशव्यापी प्रतिरोध र भण्डाफोर अभियानको घोषणा

काठमाडौँ – नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई

उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीविरुद्ध एमाले आन्दोलित: देशव्यापी प्रतिरोध र भण्डाफोर अभियानको घोषणा

काठमाडौँ – नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई

पोडकास्ट सुन्नुहोस