काठमाडौं –
संघीय संसद्का दुवै सदनको बैठक आज बस्ने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।

संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले अपराह्न ४ बजे संयुक्त सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा दिउँसो ३ :४५ बजे अगावै उपस्थित हुन प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यलाई आग्रह समेत गरेको छ ।
यसअघि प्रतिनिधिसभा र राष्ट्रियसभाको दुवै बैठक दिउँसो २ बजेदेखि छुट्टाछुट्टै सुरु हुनेछ ।











