२०८३ बैशाख २८ गते, सोमबार १४:५१

ठेक्का अलपत्र पार्ने दुई निर्माण व्यवसायी प्रहरी नियन्त्रणमा

काठमाडौँ –

सरकारी ठेक्का समयमा सम्पन्न नगरेको आरोपमा दुई चर्चित निर्माण व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शर्मा एन्ड कम्पनीका सञ्चालक रमेश शर्मा र लामा कन्स्ट्रक्सनका सञ्चालक पीताम्बर बडुलाई प्रहरीले पक्राउ गरी सहरी विकास मन्त्रालयमा उपस्थित गराएको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार सहरी विकास मन्त्रालयको पत्रका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । मन्त्रालयले आफूहरूले जिम्मा लिएको निर्माण कार्य निर्धारित समयमा पूरा नगरेकाले आवश्यक कारबाहीका लागि उपस्थित गराइदिन प्रहरीलाई अनुरोध गरेको थियो ।

प्रहरीले दुवै निर्माण व्यवसायीलाई काठमाडौँको गोङ्गबु क्षेत्रबाट नियन्त्रणमा लिएको जनाएको छ । पछिल्लो समय सरकारी आयोजना ढिलासुस्ती र ठेक्का अलपत्र पार्ने प्रवृत्तिमाथि प्रश्न उठिरहेका बेला निर्माण व्यवसायीमाथिको यो कारबाहीलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस