२०८३ बैशाख २८ गते, सोमबार २२:३४

एसईई (SEE) को नतिजा आजै सार्वजनिक हुँदै, ९ बजेदेखि हेर्न सकिने

काठमाडौँ

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) को नतिजा आज (सोमबार) सार्वजनिक गर्ने निर्णय गरेको छ। बोर्डको आज बसेको बैठकले नतिजा प्रकाशनको अन्तिम तयारी पूरा गर्दै आजै सार्वजनिक गर्ने निर्णय गरेको हो।

परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार, नतिजा आज राति ९ बजेदेखि हेर्न सकिनेछ। यस वर्ष परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएका कारण विगतका वर्षहरूभन्दा छिटो नतिजा सार्वजनिक गर्न सम्भव भएको बोर्डले जनाएको छ।

यस्तो छ तथ्याङ्क: यस वर्षको एसईई परीक्षाका लागि कुल ५ लाख १२ हजार ४२१ विद्यार्थीले फारम भरेका थिए। जसमध्ये:

  • नियमिततर्फ: ४ लाख ४१ हजार ५६६ जना
  • ग्रेड वृद्धितर्फ: ७० हजार ८५५ जना
  • लिङ्गका आधारमा: २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना

गत चैत १९ देखि २९ गतेसम्म देशभरका परीक्षा केन्द्रहरूमा शान्तिपूर्ण रूपमा परीक्षा सञ्चालन भएको थियो। नतिजा सार्वजनिक भएपछि विभिन्न वेबसाइट, एसएमएस (SMS) र आईभीआर (IVR) बाट हेर्न सकिने व्यवस्था मिलाइएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस