२०८३ जेष्ठ ३ गते, आईतवार १३:२१

भिनाजुको चक्कु प्रहारबाट सालोको मृत्यु

काठमाडौँ –

काठमाडौँको चन्द्रागिरि नगरपालिका-३ थानकोटस्थित खरिबोट क्षेत्रमा घरायसी विवादले हिंसात्मक रूप लिँदा एक युवकको ज्यान गएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार महोत्तरी घर भएका अन्दाजी ३८ वर्षीय समी अहमदले आफ्नै सालो नाता पर्ने महोत्तरीकै अन्दाजी २५ वर्षीय जाकिर मन्सुरीमाथि तरकारी काट्ने चक्कु प्रहार गरेका हुन् ।

गम्भीर घाइते भएका मन्सुरीलाई तत्काल उपचारका लागि सतुङ्गलस्थित मेडपोइन्ट अस्पताल लगिएको थियो । तर उपचारकै क्रममा गए राति करिब साढे ९ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

घटनापछि आरोपी समी अहमदलाई प्रहरी वृत्त थानकोटले नियन्त्रणमा लिइसकेको छ । मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस