२०८३ जेष्ठ ४ गते, सोमबार १५:३४

संसदमा सुनको बहस : मन्त्रीहरूको सुनको बिल सार्वजनिक गर्न एमाले सांसदको माग

काठमाडौं –

सरकारका मन्त्रीहरूले सम्पत्ति विवरणमा उल्लेख गरेको सुनको स्रोत र खरिद बिल सार्वजनिक गर्नुपर्ने माग प्रतिनिधिसभामा उठेको छ । नेकपा एमाले की सांसद गङ्गादेवी श्रेष्ठले सोमबार प्रतिनिधिसभा बैठकमा मन्त्रीहरूको सुनसम्बन्धी विवरणमाथि प्रश्न उठाउँदै पारदर्शिताको माग गरेकी हुन् ।

सांसद श्रेष्ठले मन्त्रीहरूको सम्पत्ति विवरणमा उल्लेख गरिएको ठूलो परिमाणको सुनबारे प्रश्न गर्दै भनिन्, “सरकारका मन्त्रीहरूसँग यति धेरै सुन कहाँबाट आयो ? बिलबिना सुन किनबेच हुँदैन, त्यसैले सबै मन्त्रीहरूको सुनको बिल सार्वजनिक गरियोस् ।”

हालै सार्वजनिक सम्पत्ति विवरणअनुसार बालेन्द्र शाह (बालेन) को परिवारसँग मात्रै १८९ तोला सुन रहेको उल्लेख गरिएको छ । त्यस्तै, अन्य धेरै मन्त्रीहरूको नाममा समेत ठूलो परिमाणमा सुन रहेको विवरण बाहिरिएपछि संसददेखि सार्वजनिक वृत्तसम्म चर्चा सुरु भएको छ ।

प्रतिनिधिसभामा उठेको यो विषयले अब मन्त्रीहरूको सम्पत्तिको स्रोत, पारदर्शिता र सार्वजनिक जवाफदेहितामाथि नयाँ बहस सिर्जना गरेको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस