जनकपुरधाम–
जनता समाजवादी पार्टी (जसपा), नेपाल मधेश प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक पदमा प्रदेश सभा सदस्य रमेश प्रसाद कुर्मी नियुक्त हुनुभएको छ।
जसपा नेपाल मधेश प्रदेश सभा संसदीय दलका नेता सरोज कुमार यादवले जेठ १५ गते एक आधिकारिक पत्र जारी गर्दै माननीय कुर्मीलाई प्रमुख सचेतक पदमा नियुक्त गर्नुभएको हो।
संसदीय दलका नेता यादवद्वारा हस्तान्तरित पत्रमा भनिएको छ, “जनता समाजवादी पार्टी, नेपाल मधेश प्रदेश सभा संसदीय दलको विधान बमोजिम तपाईलाई प्रमुख सचेतक पदमा नियुक्त गर्दछु। प्रमुख सचेतक पदमा नियुक्त हुनु भएकोमा तपाईलाई हार्दिक बधाई सहित सफल कार्यकालको कामना गर्दछु।”
संसदीय दलको कार्यालय बाट जारी गरिएको उक्त नियुक्तिको बोधार्थ मधेश प्रदेश सभा सचिवालय, जनकपुरधामलाई समेत पठाइएको छ। प्रमुख सचेतकमा नियुक्त कुर्मी मधेश प्रदेश सभाका प्रभावशाली नेता हुनुहुन्छ।











