२०८३ कार्तिक १९ गते, बिहीबार ०:२७

आईजीपी डा. मनोज केसीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ–

नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज केसीले दर्ज्यानी चिह्न (इन्सिग्निया) धारण गरेका छन्।

बुधबार गृह मन्त्रालयमा आयोजित एक समारोहका बीच गृहमन्त्री सुधन गुरुङले उनलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्। यसअघि प्रहरी महानिरीक्षकलाई गृहसचिवले दर्ज्यानी चिह्न लगाइदिने चलन रहेकोमा यसपटक गृहमन्त्री स्वयंले दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

डा. केसी आजै नेपाल प्रहरीको ३४औँ प्रहरी महानिरीक्षक (IGP) पदमा नियुक्त भएका हुन्। दर्ज्यानी चिह्न सुशोभन सँगै उनले प्रहरी संगठनको सर्वोच्च कमान्ड औपचारिक रूपमा सम्हालेका छन्।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस