२०८३ जेष्ठ १९ गते, मंगलवार १९:२१

भाजपा मुख्यालयमा रवि लामिछानेलाई ‘रेड कार्पेट’ स्वागत, उच्चस्तरीय राजनीतिक भेटवार्ता हुँदै

नयाँ दिल्ली-

पाँचदिने भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई नयाँ दिल्लीस्थित भारतीय जनता पार्टी (भाजपा) को मुख्यालयमा भव्य स्वागत गरिएको छ।

मंगलबार भाजपा मुख्यालय प्रवेशका क्रममा लामिछानेलाई रातो कार्पेट (रेड कार्पेट) बिछ्याएर विशेष स्वागत गरिएको हो। सो अवसरमा उनको सम्मानमा पुष्पवृष्टि गर्नुका साथै विभिन्न परम्परागत सांस्कृतिक झाँकीहरू समेत प्रस्तुत गरिएको थियो। भाजपाको औपचारिक निमन्त्रणामा पाँचदिने भ्रमणका लागि लामिछाने नेतृत्वको टोली सोमबार नयाँ दिल्ली प्रस्थान गरेको थियो।

कस्ता छन् एजेण्डा र भेटघाट?

भ्रमणका क्रममा सभापति लामिछानेले भारतको सत्ताधारी दल भाजपाको उच्च नेतृत्वसँग उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

रास्वपा सचिवालयका अनुसार यस भ्रमणका क्रममा मुख्य गरी नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्ध, दुई देशमा भइरहेका लोकतान्त्रिक अभ्यास, राजनीतिक अनुभव आदानप्रदान तथा भाजपा र रास्वपाबीचको सहकार्यका विविध आयामहरूमा केन्द्रित रहेर छलफल हुनेछ।

रवि नेतृत्वको प्रतिनिधिमण्डलले दिल्ली बसाइका क्रममा भाजपा नेताहरूका अतिरिक्त अन्य विभिन्न राजनीतिक तथा कूटनीतिक व्यक्तित्वहरूसँग पनि महत्त्वपूर्ण भेटघाट गर्ने तालिका रहेको छ। नयाँ शक्तिका रूपमा उदाएको रास्वपा र छिमेकी देशको सत्ताधारी दलबीचको यो संवादलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस