वीरगन्ज –
सप्तरी प्रहरीले बालुवामुनि खाल्डो खनेर लुकाइराखेको २३१ किलो गाँजा बरामद गरेको छ।
सप्तरीको बलान बिहुल गाउँपालिका–४ स्थित बलान खोलाको बीच भागमा बालुवामुनि लुकाएर राखिएको उक्त परिमाणको गाँजा प्रहरीले बुधबार राति बरामद गरेको हो।
खोलाको बीचमा खाल्डो खनेर बालुवामुनि गाँजा लुकाइएको सूचनाका आधारमा प्रहरीले घटनास्थलमा खोजतलास गरेको थियो। सो क्रममा सातवटा बोरामा राखिएको २३१ किलो गाँजा फेला परेको सप्तरी प्रहरीले जनाएको छ।
बरामद गाँजाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












