२०८३ जेष्ठ २६ गते, मंगलवार ०१:१९

गोलीकाण्डपछि ‘खान सर’ विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा

नयाँदिल्ली

भारतका प्रख्यात तथा लोकप्रिय शिक्षाविद् ‘खान सर’ (फैजल खान) यतिबेला गम्भीर कानुनी विवादमा तानिएका छन्। बिहारको पटनास्थित उनको कोचिङ इन्स्टिच्युटमा भएको तोडफोड र त्यसपछि उनका सुरक्षा गार्डहरूले चलाएको गोलीका कारण उनी प्रहरीको खोजी सूचीमा परेका हुन्।

गत जुन २ मा पटनाको मुसल्हपुर हाट क्षेत्रमा रहेको खान सरको कोचिङ इन्स्टिच्युट ‘खान ग्लोबल स्टडिज’ (केजीएस) मा एक समूहले ढुंगामुढा तथा तोडफोड गरेको थियो। खान सरले उक्त घटनामा प्रतिस्पर्धी कोचिङ इन्स्टिच्युटसँग जोडिएका व्यक्तिहरूको संलग्नता रहेको दाबी गर्दै आएका थिए। प्रहरीले तोडफोडको आरोपमा प्रतिस्पर्धी कोचिङ सेन्टरका निर्देशकसहित तीन जनालाई पक्राउ गरिसकेको छ।

तर, उक्त घटनालगत्तै सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएपछि घटनाले अर्कै मोड लियो। भिडियोमा खान सरको केजीएस इन्स्टिच्युटका दुई जना सुरक्षा गार्डहरूले हावामा गोली चलाइरहेको देखिन्छ।

भिडियो सार्वजनिक भएपछि खान सरविरुद्ध प्रहरीमा ज्यान मार्ने उद्योग अन्तर्गत एफआईआर (जाहेरी) दर्ता भएको छ। उजुरीकर्ताले खान सरकै निर्देशनमा सुरक्षा गार्डहरूले गोली चलाएको दाबी गरेका छन्।

बिहार प्रहरीले गोली चलाउने दुवै गार्डहरूलाई नियन्त्रणमा लिई उनीहरूले प्रयोग गरेका हतियार जफत गरिसकेको छ। घटनाको अनुसन्धान भइरहेको र गोली चले/नचलेको प्राविधिक जाँच भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले खान सरलाई आत्मसमर्पण गर्न निर्देशन दिए पनि उनले त्यसलाई अस्वीकार गर्दै आफूविरुद्ध ठूलो षड्यन्त्र भएको बताएका छन्।

प्रहरीले खान सरको व्यापक खोजी गरिरहेको बुझिएको छ। यसैबीच, उनका वकिल अरविन्द कुमार मौरले सोमबार अदालतमा धरौटी (अग्रिम जमानत) का लागि माग गर्ने बताएका छन्। प्रहरीले घटनाको वास्तविकता र त्यसमा खान सरको भूमिकाबारे सूक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ।

को हुन् खान सर?

  • व्यक्तिगत विवरण: सन् १९९३ मा उत्तर प्रदेशको देवरियामा जन्मिएका फैजल खान (खान सर) ले इलाहाबाद विश्वविद्यालयबाट बीएस्सी र एमएस्सी गरेका छन्। उनले भूगोल विषयमा पनि स्नातकोत्तर गरेका छन्।
  • पढाउने शैली: जटिल विषयहरूलाई ठट्टा र सरल शैलीमा बुझाउने अनौठो क्षमताका कारण उनी भारतभरका विद्यार्थीमाझ अत्यन्तै लोकप्रिय छन्।
  • डिजिटल उपस्थिति: सन् २०१९ मा सुरु गरिएको उनको ‘खान जीएस रिसर्च सेन्टर’ युट्युब च्यानलमा हाल २ करोड ५९ लाखभन्दा बढी सब्स्क्राइबर छन्। उनले इतिहास, भूगोल, राजनीति र समसामयिक विषयमा भिडियो बनाउने गर्छन्।
  • सस्तो शिक्षा: सन् २०२१ मा ‘खान सर अफिसियल एप’ सार्वजनिक गर्दै उनले भारतका दसौं लाख विपन्न तथा जेहेन्दार विद्यार्थीलाई सर्वसुलभ मूल्यमा अनलाइन शिक्षा उपलब्ध गराउँदै आएका छन्।

प्रतिक्रिया

निजी विद्यालय इतिहासमै पहिलो क्रान्तिकारी सुरुवात: साउथ जोनका १८२५ विद्यार्थीकै २४सै घण्टा स्वास्थ्य र दुर्घटना बीमा!

वीरगन्ज- पर्साको वीरगन्ज–१३, राधेमाईस्थित साउथ जोन माध्यमिक विद्यालयले विद्यालय शिक्षाको

निजी विद्यालय इतिहासमै पहिलो क्रान्तिकारी सुरुवात: साउथ जोनका १८२५ विद्यार्थीकै २४सै घण्टा स्वास्थ्य र दुर्घटना बीमा!

वीरगन्ज- पर्साको वीरगन्ज–१३, राधेमाईस्थित साउथ जोन माध्यमिक विद्यालयले विद्यालय शिक्षाको

पोडकास्ट सुन्नुहोस