२०८३ जेष्ठ २९ गते, शुक्रबार १२:३४

फिफा विश्वकप : मेक्सिकोसँग दक्षिण अफ्रिका २-० ले पराजित

काठमाडौं –

फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई २-० ले पराजित गरेको छ ।

मेक्सिको सिटी रंगशालामा भएको समूह ‘ए’ को खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई २-० ले पराजित गरेको हो ।

 खेलमा जुलियन क्विन्योनेस र राउल हिमेनेजले गोल गरेका थिए । खेलको नवौँ मिनेटमा जुलियन क्विन्योनेसले पहिलो गोल गरेका थिए ।

खेलमा दक्षिण अफ्रिकाका दुई र मेक्सिकोका एक खेलाडीले रातो कार्ड पाएका थिए । खेलको दोस्रो हाफको सुरुवातमै दक्षिण अफ्रिकाका मिडफिल्डर स्पेफेलो याया सिथोलेले मेक्सिकोका ब्रायन गुटियरेजलाई गोल गर्ने क्रममा लडाएपछि रातो कार्ड पाएका थिए ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस