२०८३ असार २६ गते, शुक्रबार २१:०६

सर्लाहीमा पनि एकजनाले गरे आत्मदाहको प्रयास,काठमाडौं ल्याउने तयारी

काठमाडौं-

सर्लाहीमा पनि एक युवकले आत्मदाह प्रयास गरेका छन् । गोडैता नगरपालिकाका ३५ वर्षीय विवेक मण्डलले आफूमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका हुन् ।

रास्वपा सांसद अमरेशकुमार सिंहले पनि यसबारे सामाजिक सञ्जालमा जानकारी गराएका छन् । उनलाई अहिले हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको सिंहले जनाएका छन् । पेट्रोल छर्केर शरीरमा आगो लगाउनको कारण खुलेको छैन।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस