२०८३ भाद्र १० गते, बुधबार १५:१०

मधेसमा भारी वर्षाको चेतावनी, बाढी–डुबान र चट्याङको जोखिम बढ्यो

वीरगञ्ज-

मनसुनी प्रणाली सक्रिय भएसँगै मधेस प्रदेशमा आज भारी वर्षाको सम्भावना रहेको भन्दै मौसमविद्ले सतर्कता अपनाउन आग्रह गरेका छन्। विशेषगरी मधेसका अधिकांश जिल्लामा मेघगर्जन, चट्याङसहित वर्षा हुने र केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायु सक्रिय छ भने मनसुनको न्यून चापीय रेखा नेपाल नजिकको दक्षिणी भूभागमा अवस्थित रहेकाले वर्षाको गतिविधि बढेको हो।

हाल मधेस प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो भने प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने तथा केही क्षेत्रमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ।

भारी वर्षासँगै मधेसका होचा भूभागमा डुबान, साना नदी तथा खोलामा आकस्मिक बाढी आउने, सडक यातायात प्रभावित हुने र कमजोर संरचनामा क्षति पुग्न सक्ने जोखिम रहेकाले स्थानीय प्रशासन तथा सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

आज रातिसमेत मधेस प्रदेशमा अधिकांश स्थानमा बदली रहनेछ। प्रदेशका विभिन्न जिल्लामा मेघगर्जन र चट्याङसहित वर्षा जारी रहने तथा केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

मौसमविद्ले विशेषगरी नदी किनार, बाढीको जोखिम भएका बस्ती तथा पहाडबाट बग्ने खोलानालाको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक सावधानी अपनाउन र अनावश्यक यात्रा नगर्न सुझाव दिएका छन्।

प्रतिक्रिया

रसुवा बाढी : उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन , प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान प्रधानमन्त्रीको आग्रह

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले रसुवामा आएको बाढीपछि उद्धार तथा

रसुवा बाढी : उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन , प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान प्रधानमन्त्रीको आग्रह

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले रसुवामा आएको बाढीपछि उद्धार तथा

पोडकास्ट सुन्नुहोस