२०८३ असार २८ गते, आईतवार ११:५१

सेमिफाइनलमा अर्जेन्टिना र इंग्ल्यान्ड भिड्ने, स्विट्जरल्याण्ड विश्वकपबाट बाहिरियो

काठमाडौं-

स्विट्जरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

अर्जेन्टिनाले ३(१ ले स्विट्जरल्याण्डलाई हराएको हो ।अर्जेन्टिनाका लागि एलेक्सिस एलिस्टर र जुलियान अल्भारेज र लौटारो मार्टिनेजले गोल गरे ।

अर्जेन्टिनाका लागि एलेक्सिस एलिस्टरले खेलको १० औँ मिनेटमा गोल गरे । लियोनल मेस्सीको पासमा उनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा स्विट्जरल्याण्डका ड्यान एन्डोएले गोल फर्काउँदै खेललाई बराबरीको स्थितिमा ल्याए । बायाँ विङबाट भित्र छिर्दै ६६ औँ मिनेटमा एमिलियानो मार्टिनेजको खुट्टाकोबीचबाट उनले बललाई जाली चुमाए ।

निर्धारित समयमा १(१ को बराबरी नतोडिएपछि खेल अतिरिक्त समयमा धकेलियो । अतिरिक्त समयमा जुलियान अल्भारेजले गोल गर्दै नतिजा २(१ मा पुर्‍याए । खेलको १२१ औँ मिनेटमा मार्टिनेजको गोलपछि स्थिति ३(१ मा पुग्यो ।

अर्जेन्टिनाले सेमिफाइनलमा इंग्ल्यान्डसँग खेल्ने छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस