२०८३ असार २८ गते, आईतवार १४:५२

सोलुखुम्बुमा कृषि अनुदानको ‘ग्राउन्ड टेस्ट’ : संयुक्त अनुगमनमा फार्मदेखि उद्योगसम्मको कडा निरीक्षण

सोलुखुम्बु –

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत सोलुखुम्बुमा सञ्चालन भइरहेका कृषि, पशुपालन तथा व्यावसायिक योजनाहरूको अन्तर–निकाय संयुक्त स्थलगत अनुगमन गरिएको छ । 

चालु आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन भएका योजनाहरूको प्रभावकारिता, पारदर्शिता तथा अनुदानको वास्तविक सदुपयोग भए–नभएको मूल्यांकन गर्ने उद्देश्यले शनिबार जिल्लाका विभिन्न कृषि फार्म, किवी बगैंचा, दुग्ध उद्योग तथा माछा फार्मको विस्तृत निरीक्षण गरिएको हो ।

जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्णप्रसाद निरौलाको संयोजकत्वमा भएको अनुगमन टोलीमा सोलुदूधकुण्ड नगरपालिकाकी उपप्रमुख गान्धीमाया तामाङ, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, प्राविधिक र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

अनुगमनका क्रममा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुंगाका कार्यालय प्रमुख तथा निमित्त वरिष्ठ कृषि अधिकृत हेम आले मगरले परम्परागत कृषिलाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाउनु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए । 

उनले सरकारले उपलब्ध गराएको अनुदान, प्रविधि र प्राविधिक सहयोगको वास्तविक उपयोग भए–नभएको यस्ता स्थलगत अनुगमनबाट स्पष्ट हुने उल्लेख गर्दै उत्पादनमुखी कृषि विस्तारले स्थानीय रोजगारी सिर्जना गर्नुका साथै कृषकलाई आत्मनिर्भर बनाउन महत्त्वपूर्ण योगदान पुग्ने धारणा राखे ।

शनिबार बिहान ७ः३० बजे धौलागिरी होटलबाट सुरु भएको अनुगमन टोलीले सर्वप्रथम सोलुदूधकुण्ड नगरपालिका–६ च्याल्सामा सञ्चालित हिमाली तरकारी फलफूल तथा पशुपालन फार्म र क्याम्चे कृषि फार्मको निरीक्षण गरेको थियो । टोलीले व्यावसायिक तरकारी खेतीको अवस्था, उत्पादन प्रणाली तथा सरकारी सहयोगको प्रभावकारिताबारे जानकारी लिएको थियो ।

त्यसपछि टोली सोलुदूधकुण्ड नगरपालिका–४, छिनाक्पुस्थित किवी बगैंचामा पुगेर जडान गरिएको थाँक्रा तथा कोल्ड च्याम्बरको निरीक्षण गरेको थियो । कृषि उत्पादनको संरक्षण, भण्डारण क्षमता वृद्धि र बजार व्यवस्थापनका लागि यी पूर्वाधार प्रभावकारी रहेको टोलीको निष्कर्ष थियो ।

यस्तै, सोही वडाको सानोदूधकुण्डमा सञ्चालित दूधकुण्ड दूध उत्पादन उद्योगको अवलोकन गर्दै दुग्ध उत्पादन, प्रशोधन तथा बजार व्यवस्थापनको अवस्थाबारे जानकारी लिइएको थियो ।

दिउँसो सोलुदूधकुण्ड नगरपालिका–४ रोक्दिङ क्षेत्रमा रहेका विभिन्न कृषि तथा उद्यमशीलता कार्यक्रमको निरीक्षण गरिएको थियो। यस क्रममा हिमालयन रेन्बो ट्राउट तथा लोकल माछा फार्ममा भइरहेको ट्राउट माछा उत्पादन, व्यवस्थापन तथा सरकारी सहयोगको प्रभावकारिताबारे विस्तृत अनुगमन गरिएको थियो ।

शनिबार बिहानदेखि सुरु भएको संयुक्त अनुगमन दिउँसो २ बजे सम्पन्न भएको थियो। अनुगमन टोलीले यस्ता नियमित स्थलगत निरीक्षणले सरकारी अनुदानको सही उपयोग सुनिश्चित गर्न, कार्यक्रम कार्यान्वयनलाई थप प्रभावकारी बनाउन तथा स्थानीय कृषक र उद्यमीहरूलाई अझ जिम्मेवार र उत्तरदायी बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ ।

कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत सञ्चालन भएका योजनाहरूको प्रत्यक्ष मूल्यांकनले सोलुखुम्बुको कृषि क्षेत्रलाई व्यावसायिक, आधुनिक र आत्मनिर्भर बनाउने अभियानलाई थप गति दिने अपेक्षा गरिएको छ ।

सोलुखुम्बुमा कृषि अनुदानको ‘ग्राउन्ड टेस्ट’ : संयुक्त अनुगमनमा फार्मदेखि उद्योगसम्मको कडा निरीक्षण

गोमा बस्नेत, नेपाल न्यूज बैंक

सोलुखुम्बु । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत सोलुखुम्बुमा सञ्चालन भइरहेका कृषि, पशुपालन तथा व्यावसायिक योजनाहरूको अन्तर–निकाय संयुक्त स्थलगत अनुगमन गरिएको छ । 

चालु आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन भएका योजनाहरूको प्रभावकारिता, पारदर्शिता तथा अनुदानको वास्तविक सदुपयोग भए–नभएको मूल्यांकन गर्ने उद्देश्यले शनिबार जिल्लाका विभिन्न कृषि फार्म, किवी बगैंचा, दुग्ध उद्योग तथा माछा फार्मको विस्तृत निरीक्षण गरिएको हो ।

जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्णप्रसाद निरौलाको संयोजकत्वमा भएको अनुगमन टोलीमा सोलुदूधकुण्ड नगरपालिकाकी उपप्रमुख गान्धीमाया तामाङ, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, प्राविधिक र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

अनुगमनका क्रममा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुंगाका कार्यालय प्रमुख तथा निमित्त वरिष्ठ कृषि अधिकृत हेम आले मगरले परम्परागत कृषिलाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाउनु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए । 

उनले सरकारले उपलब्ध गराएको अनुदान, प्रविधि र प्राविधिक सहयोगको वास्तविक उपयोग भए–नभएको यस्ता स्थलगत अनुगमनबाट स्पष्ट हुने उल्लेख गर्दै उत्पादनमुखी कृषि विस्तारले स्थानीय रोजगारी सिर्जना गर्नुका साथै कृषकलाई आत्मनिर्भर बनाउन महत्त्वपूर्ण योगदान पुग्ने धारणा राखे ।

शनिबार बिहान ७ः३० बजे धौलागिरी होटलबाट सुरु भएको अनुगमन टोलीले सर्वप्रथम सोलुदूधकुण्ड नगरपालिका–६ च्याल्सामा सञ्चालित हिमाली तरकारी फलफूल तथा पशुपालन फार्म र क्याम्चे कृषि फार्मको निरीक्षण गरेको थियो । टोलीले व्यावसायिक तरकारी खेतीको अवस्था, उत्पादन प्रणाली तथा सरकारी सहयोगको प्रभावकारिताबारे जानकारी लिएको थियो ।

त्यसपछि टोली सोलुदूधकुण्ड नगरपालिका–४, छिनाक्पुस्थित किवी बगैंचामा पुगेर जडान गरिएको थाँक्रा तथा कोल्ड च्याम्बरको निरीक्षण गरेको थियो । कृषि उत्पादनको संरक्षण, भण्डारण क्षमता वृद्धि र बजार व्यवस्थापनका लागि यी पूर्वाधार प्रभावकारी रहेको टोलीको निष्कर्ष थियो ।

यस्तै, सोही वडाको सानोदूधकुण्डमा सञ्चालित दूधकुण्ड दूध उत्पादन उद्योगको अवलोकन गर्दै दुग्ध उत्पादन, प्रशोधन तथा बजार व्यवस्थापनको अवस्थाबारे जानकारी लिइएको थियो ।

दिउँसो सोलुदूधकुण्ड नगरपालिका–४ रोक्दिङ क्षेत्रमा रहेका विभिन्न कृषि तथा उद्यमशीलता कार्यक्रमको निरीक्षण गरिएको थियो। यस क्रममा हिमालयन रेन्बो ट्राउट तथा लोकल माछा फार्ममा भइरहेको ट्राउट माछा उत्पादन, व्यवस्थापन तथा सरकारी सहयोगको प्रभावकारिताबारे विस्तृत अनुगमन गरिएको थियो ।

शनिबार बिहानदेखि सुरु भएको संयुक्त अनुगमन दिउँसो २ बजे सम्पन्न भएको थियो। अनुगमन टोलीले यस्ता नियमित स्थलगत निरीक्षणले सरकारी अनुदानको सही उपयोग सुनिश्चित गर्न, कार्यक्रम कार्यान्वयनलाई थप प्रभावकारी बनाउन तथा स्थानीय कृषक र उद्यमीहरूलाई अझ जिम्मेवार र उत्तरदायी बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ ।

कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत सञ्चालन भएका योजनाहरूको प्रत्यक्ष मूल्यांकनले सोलुखुम्बुको कृषि क्षेत्रलाई व्यावसायिक, आधुनिक र आत्मनिर्भर बनाउने अभियानलाई थप गति दिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस